img
महाकाली करिडोर चाँडै

पटक–पटक चर्चामा आएको महाकाली कारिडोरको काम चाँडै अगाडि बढ्ने भएको छ । डडेल्धुरादेखि कञ्चनपुर हुँदै दार्चुलाको तिङ्कर नाकासम्म जोड्ने महाकाली करिडोर जोगबुडा सडक खण्डको मङ्गलबार उद्घाटन गरिएको छ । विसं २०६६ देखि सञ्चालित महाकाली करिडोरअन्र्तगत जोगबुडा सडकखण्डको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले उद्घाटन गरेका हुन् ।

by RSS | May 10
img
सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन

पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ । कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ ।

by RSS | May 08
img
नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ ।

by RSS | May 07
img
कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो । पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ ।

by RSS | May 06
img
दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ । बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भई परीक्षणसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

by RSS | May 05
img
कर्णाली करिडोरको ३१ किमीमा यातायात सञ्चालन

नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा बिहीबारबाट सञ्चालनमा आएपछि जिल्लाका चार स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्ड लैफूदेखि बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक बिहीबारदेखि सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै बाजुराका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका सडक सञ्जालमा जोडिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।

by RSS | Mar 22
img
इआइए ढिलाइले महाकाली करिडोरको काममा असर

सरकारको प्राथमिकतामा रहेको महाकाली करिडोर सडक निर्माणले अझै गति लिन सकेको छैन । सडक निर्माण गर्नुपूर्व हुनुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को प्रतिवेदन ढिलाइले सो काम रोकिएको हो । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्मको कूल २९१ किलोमिटर सडकखण्ड समयमै इआइए प्रतिवेदन नआउँदा सडकको ठेक्का नै अघि बढेको छैन्, दार्चुला तिङ्कर सडक योजना प्रमुख अच्युत पन्तले भन्नुभयो ।

by RSS | Mar 07
img
ढकालखोला करिडोर निर्माण शुरु

बनेपा नगरपालिका–५ स्थित ढकालखोला करिडोरको निर्माण शुरु भएको छ । वडाकार्यालयको रु १० लाख र स्थानीय उपभोक्ताको १५ प्रतिशत श्रमदानको रु दुई लाख गरी रु १२ लाखमा सो निर्माणकार्य शुरु भएको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले बताउनुभयो । अपुग रकमसमेत स्थानीय उपभोक्ताले चन्दा उठाएर सो कार्य अगाडि बढिरहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । 

by RSS | Feb 21
img
कोशी करिडोरले गुराँस वन मास्ने चिन्ता

तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यथाशीघ्र अलाइन्मेण्ट परिवर्तन गरी टिएमजे क्षेत्रको जैविक विविधता बचाउनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएको छ । करिडोर निर्माणका लागि टिएमजे क्षेत्रको वसन्तपुरदेखि ढुंगेसाँघु क्षेत्रमा सर्वे सकिएर काम शुरु भएको छ ।

by RSS | Jan 29
img
कालीगण्डकी प्रसारण करिडोर प्रभावित

रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो । मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३० वटा टावर निर्माण कार्य रोकिएको छ ।

by RSS | Dec 20
img
कालीगण्डकी करिडोरको काम सुस्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताउनुभएको छ । जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बिहीबार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदशभित्र रहेका कालीगण्डकी करिडोर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल,

by RSS | Aug 10
img
नेपाली सिमेन्ट उद्योग धरापमा

वीरगन्ज पथलैया करिडोरमा सञ्चालित एक दर्जन सिमेन्ट उद्योग सीमावर्ती भारतीय सहर रक्सोलमा जारी प्रदूषणविरोधी आन्दोलनले जोखिमको अवस्थामा पुगेका छन् । नेपाली सिमेन्ट उद्योगले कच्चा पदार्थ आयात गर्न रक्सोलस्थित रेलवे स्टेसन प्रयोग गर्ने गरेका छन् ।

by Anu Rana | May 08
img
व्यापारिक मार्ग विस्तारमा जितपुर बजार बाधक

व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढेपनि जितपुर बजारवासीले सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचना भत्काउन मानेका छैनन् । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी आइसिपी सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक बनेको छ ।

by Anu Rana | May 03
img
करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफलमा आयोजनाको काम तीव्ररुपमा अघि बढाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हो ।

by RSS | Mar 09
img
नेपाली खानेतेल उद्योग संकटमा

मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । 

by RSS | Jan 23
img
कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छु : नेता लामा

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताउनुभएको छ । 

by RSS | Jan 02