img
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी केही विधेयकहरु संसद्मा दर्ता गरेको आरोप लगाउँदै त्यस्ता विधेयक फिर्ता लिन माग गरेको छ । काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले संविधानको प्रतिकूल हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरी विभिन्न विधेयकहरु सङ्घीय संसद्मा दर्ता गरेको भन्दै आपत्ति प्रकट गरेको हो ।

by RSS | May 15
img
काङ्ग्रेसले जनताको विश्वास जित्नुपर्छ : वरिष्ठ नेता पौड्याल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले जनताले विश्वास जित्नेगरी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल महिला सङ्घको मोरङको दुुईदिने प्रशिक्षण कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्नुुहँुुदै उहाँले काङ्ग्रेसप्रति जनताका विश्वास जोडिएकाले समयसापेक्षरुपमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । वरिष्ठ नेता पौड्यालले पार्टीलाई सङ्गठित बनाउन काङ्ग्रेस पार्टीको महाधिवेशन समयमा हुुनुुपर्ने अन्यथा सङ्गठन कमजोर हुने बताउनुभयो ।

by RSS | May 13
img
काङ्ग्रेस नैतिकवान् पार्टी हो : नेता पौडेल

काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ । सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गर्नुभयो ।

by RSS | May 12
img
प्रतिनिधि परिचालन गर्दै काङ्ग्रेस

नेपाली काङ्ग्रेस कास्कीले पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियान सफल पार्न जिल्लाका ७२ वटै इकाइमा प्रतिनिधि परिचालन गर्ने भएको छ । जिल्लामा एक महीनासम्म सञ्चालन गर्ने अभियानका सन्दर्भमा केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य अर्जुन जोशीको उपस्थितिमा आज बसेको जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय एवं नगरसमितिका सभापतिको बैठकले एक महीने अभियानलाई प्रभावकारिताका साथ टोल÷टोलमा पु¥याउने निर्णय गरेको हो ।

by RSS | May 10
img
काङ्ग्रेसद्वारा दुःख व्यक्त

नेपाली काङ्ग्रेसले पर्वत पार्टीका पूर्व सचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन हुनुभएका आचार्यप्रति दुःख व्यक्त गर्नुभएको हो । आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुुनुभएका आचार्य २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल पर्नुभएको थियो ।

by RSS | May 10
img
सङ्घीयता कार्यान्वयनमा सत्ता र विपक्षसँगै हिड्नुपर्छ : नेता सिटौला

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौलाले जनताको बलिदानले सङ्घीय गणतन्त्र स्थापना भएको बताउनुभएको छ । नेपाल दलित सङ्घ मोरङको पाँचौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै नेता सिटौलाले मुलुकको विकास र जनताको आर्थिक समृद्धका लागि सङ्घीयता कार्यान्वयनका लागि सत्ता र विपक्षसँगै हिँडनुपर्नेमा जोड दिनुभयो ।

by RSS | May 09
img
कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उहाँले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताउनुभएको हो ।

by RSS | May 08
img
कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उहाँले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताउनुभएको हो ।

by RSS | May 08
img
काङ्ग्रेसको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलपश्चात् सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोलेको आरोप लगाउँदै विरोध जनाएको छ । काङ्ग्रेस संसदीय दलले संसद्को गरिमामा आँच आउने खालका अभिलेख संसद्को रेकर्डबाट यथाशीघ्र हटाउन र गरिमामय ढङ्गले संसद् सञ्चालन गर्न आग्रह गरेको छ ।

by RSS | May 07
img
काङ्ग्रेसको जागरण अभियान बुधबारदेखि शुरु हुँदै

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बुधबार मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दैछ । सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । काङ्ग्रेसले भोलि वैशाख २५ गतेदेखि शुरु हुने अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको जनाएको छ ।

by RSS | May 07
img
सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध – काङ्ग्रेस

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताउनुभयो ।

by RSS | May 07
img
काङ्ग्रेसले सच्यायो परिपत्र, महिलावक्ता अनिवार्य गर्न निर्देशन

नेपाली काङ्ग्रेसले जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । काङ्ग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो।

by RSS | May 06
img
‘राष्ट्रिय जागरण’लाई सफल बनाउन विविध कार्यक्रम

नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने भएको छ । पार्टीका उपसभापति एवं प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सङ्घीय संसद्मा रहेका काङ्ग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

by RSS | May 05
img
काङ्ग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

नेपाली काङ्ग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

by RSS | May 05
img
काङ्ग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

नेपाली काङ्ग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

by RSS | May 05
img
नीति तथा कार्यक्रममाथि संशोधन पेश

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गर्नुभएको छ । नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

by RSS | May 05
img
काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको देउवाको दावी

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताउनुभएको छ । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उहाँको जिकिर थियो । झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाउनुभयो ।

by RSS | Apr 22
img
काङ्ग्रेसमा विभाग गठनको सहमति जुटाउने प्रयास

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गर्नुभएको छ । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् ।

by RSS | Apr 08
img
काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैन

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताउनुभयो ।

by RSS | Apr 07
img
काङ्ग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हँुदै गएको छ । उहाँ उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उहाँको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ । 

by RSS | Mar 24

Whoops, looks like something went wrong.