img
पाँचथर घटनाका दोषीलाई कारवाही माग

प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दाेष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

by RSS | May 21
img
नगर प्रहरीद्वारा दश हजार मोटरसाइकल कारवाहीमा

नगर प्रहरीले काठमाडौँका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

by RSS | May 21
img
आठ ठेकेदारमाथि कारवाही

सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

by RSS | May 16
img
दोषीलाई कारवाहीको माग

एघार विद्यार्थी सङ्गठनले वाइडबडी, एनसेल, सुनकाण्डलगायत अनियमिततामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । सङ्गठनद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न समयमा राज्यसत्ताको दुरुपयोग गरी बालुवाटारको सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफिया, कर्मचारीलगायतलाई छानबिन गर्न माग गरिएको छ ।

by RSS | May 12
img
भ्रष्टाचारमा मुछिए नेतालाई पनि कारवाही : नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताउनुभएको छ । प्रेस युनियन उदयपुरले आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो धारणा राख्नुभएको हो ।

by RSS | May 10
img
कर नबुझाउने करदातामाथि कानूनी कारवाही

आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिनुभयो ।

by RSS | May 07
img
दोषी ठहरिए कारवाही भोग्न तयार छु :महासचिव पौडेल

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गर्नुभएको छ ।सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको आजको छलफलका क्रममा उहाँले ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

by RSS | May 06
img
१७ हजार सवारी साधन कारवाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटद्वारा दुईपाङ्ग्रे सवारी चालकका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविर आज यहाँ सम्पन्न भएको छ । कार्यालयको आयोजना तथा त्रिशूली अस्पतालको सहयोगमा ७५ जना दुईपाङ्ग्रे सवारी चालकले स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणमा १२ चालकलाई रक्तचाप र सात चालकलाई कलर भिजन (आँखाको समस्या) तथा अन्य चालक सामान्य रहेको प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताउनु भयो ।

by RSS | May 06
img
बहुविवाह गर्ने दुबै कारवाहीमा

बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेकोे छ । नवीनकी श्रीमती मेनुका बटाला (रावल)ले आफ्नो श्रीमान् वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी गर्नुभएपछि प्रहरीको टोलीले दुवैजनालाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

by RSS | Apr 29
img
एक हजार पाँच सय कर्मचारी कारवाहीको सिफारिसमा

राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन् ।

by RSS | Apr 15
img
नेविसङ्घद्वारा कारवाहीको माग

नेपाल विद्यार्थी सङ्घले नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग गरेको छ । नियमविपरीत विगत सात महीनादेखि महङ्गो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसङ्घले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो । नेविसङ्घका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स,

by RSS | Mar 31
img
मनसा सिमेन्ट उद्योग कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सिमेन्ट बिक्रीवितरण गर्ने मनसा सिमेन्ट इण्डस्ट्रिज कम्पनीलाई कारवाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाबाट फागुन १३ र १४ गते गरिएको अनुगमनबाट नमूना सङ्कलन गरी विभागमा ल्याएर प्रयोगशालामा परीक्षण गर्दा मनसा पिपिसी सिमेन्टमा आइआरको मान २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत भएकाले आज कारवाहीको सिफारिश गरेको हो ।

by RSS | Mar 17
img
उपत्यकामा हर्न कारवाही : एकैदिन १७१ सवारीसाधन कारवाहीमा

ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । 

by RSS | Feb 25
img
दुई चालक नराख्ने सवारी साधन कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । 

by RSS | Feb 21
img
ठेकेदार र कामदार कारवाहीमा

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ सरस्वती बजारस्थित घर बनाउने क्रममा माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि प्रहरीले ठेकेदार र कामदारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । सरस्वती बजारस्थित सुवर्ण श्रेष्ठको घर बनाउने क्रममा गत सोमबार माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत गाउँपालिका–३ का ५५ वर्षीय देवीबहादुर ठाडा मगर घाइते भएका

by RSS | Feb 10
img
इँटाभट्टा बन्द नगरे कारवाही

चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै भए पनि हटाइने नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो । नगरपालिकाले आज आयोजना गरेको इँटाभट्टा व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले नगर क्षेत्रभित्र उक्त नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अन्य वैकल्पिक पेशा सञ्चालन गर्न सुझाव दिनुभयो । 

by RSS | Feb 05
img
ठगी गर्ने उद्योगलाई कारवाही

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ । विभागको टोलीले नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी भल्व मर्मत गरी प्रयोग गर्ने तथा ‘हाइड्रोसेस्टिक टेस्ट’ नगरी सिलिण्डरमा म्याद थप गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई बिहीबार कारवाही गरेको हो । 

by RSS | Jan 25
img
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् ।

by RSS | Jan 13
img
सिसीटिभी जडानको अनुमति नलिए कारवाही गरिने

जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन् । गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्र भट्टले जानकारी दिनुभयो । कार्यालयले यसअघि गएको मङ्सिरमा अनुमति नलिएर सिसीटिभी जडान गरेकालाई ३५ दिनभित्र अनुमति लिन समयसीमा दिएको थियो ।

by RSS | Dec 26
img
कर्मचारीलाई कारवाहीको सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक नलाउने १६२ गरी ५३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो ।

by RSS | Dec 12