img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

by RSS | May 21
img
चार जिल्ला क्रिकेट सङ्घको निर्वाचन जेठमा

चार जिल्ला क्रिकेट सङ्घले आगामी जेठको तेस्रो साताभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गठन गरेको स्वतन्त्र कमिटीको निर्णय अनुसार चारै जिल्लाले साधारणसभा गर्ने भएका छन् । निर्वाचन गराउने जिल्लामा चितवन, महोत्तरी, सप्तरी र दाङ छन् ।

by RSS | May 14
img
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ लाई

मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा नौ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो ।

by RSS | May 08
img
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ लाई

मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा नौ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो ।

by RSS | May 08
img
राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ ।

by RSS | May 02
img
राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ ।

by RSS | May 02
img
थाइल्याण्डले २३५ रनको लक्ष्य पायो

थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा ग¥यो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए ।

by RSS | Apr 25
img
अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्दै

एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरु गरेको छ । थाइल्याण्डको चियाङमाइमा आयोजकविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । शुरुआती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्न लागेको हो । आयोजकविरुद्ध मैदानमा उत्रँदा नेपाल शतप्रतिशत जितको खोजीमा हुनेछ ।

by RSS | Apr 25
img
पुरुष क्रिकेट ः एपिएफ, प्रदेश १, पुलिस र आर्मी सेमिफाइनलमा

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा छनोट चरणको अन्तिम खेलमा प्रदेश १ विजयी भएको छ । प्रदेश १ ले कर्णाली प्रदेशलाई ५० रनले हरायो । कर्णालीले टस जितेर फिल्ड रोजेपछि प्रदेश १ ले निर्धारित २० ओभरमा १२३ रन बनायो ।

by RSS | Apr 22
img
फुटबलको चर्चा तर पूर्वाधार निर्माणमा निराशाजनक वर्ष

यसैवर्ष दुईवटा घरेलु क्रिकेट प्रतियोगिताले नेपाली खेलाडीलाई केही राहत मिल्यो । अघिल्लो महीना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग र यसै महीना काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिगले नेपाली क्रकेटको दर्शक बढाउन सफल भयो । प्याराग्लाइडिङमा एतिहासिक रजत गत भदौमा इण्डोनेसियामा भएको एशियाली खेलकूद प्रतियोगिता (एसियाड) मा नेपालले २९ खेलमा भाग लियो ।

by RSS | Apr 15
img
क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमा

एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ ।

by RSS | Mar 14
img
टी-२० क्रिकेट : भारतमाथि अष्ट्रेलियाको रोमाञ्चक जित  

भारत भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो टी-२० क्रिकेट खेलमा घरेलु टोलीमाथि रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा १२७ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पुरा गरेको हो । अस्ट्रेलियालाई जित दिलाउन ग्लेन म्याक्सवेलले ५६ रन बनाएका थियो ।

by Anu Rana | Feb 25
img
नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो । नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् ।

by RSS | Feb 19
img
डिपिएल क्रिकेट – काठमाडौँलाई इस्लिङटन कलेजको साथ

धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ । यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी टोली काठमाडौंलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको हो । सम्झौताको रकम भने खुलाइएको छैन । 

by RSS | Feb 06
img
क्रिकेटमा इतिहास कायम गर्ने मौका

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो ।

by RSS | Jan 28
img
नेत्रहीन महिला टोलीले पाकिस्तानसँग खेल्ने

नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीले पहिलो पटक आयोजना हुन लागेको नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेटसँग पाँच खेलको सिरिज खेल्ने भएको छ । यही माघ १३ देखि २३ गतेसम्म पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्ले आयोजना गर्ने सिरिजमा पाँच खेल हुनेछ । आज यहाँ आयोजित बिदाइ कार्यक्रममा टिमका प्रशिक्षक र कप्तानले पाकिस्तान विरुद्धको पाँच खेलको सिरिज जित्ने दाबी गर्नुभयो ।

by RSS | Jan 25
img
दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए । 

by RSS | Jan 22
img
इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

by RSS | Jan 18
img
महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

by RSS | Jan 17
img
महिला क्रिकेट : नेपाल र युएई खेल्दै

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोली अपराजित हुन् ।

by RSS | Jan 14