img
जग्गा दान

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।

by RSS | Apr 22
img
सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो । खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन गरेको छ ।

by RSS | Feb 20
img
खेलमैदान निर्माण शुरु

बैतडीको दोगडाकेदार गाउँपालिकामा रु एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको रु १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो । दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सिमाना लवलेक (लडालेक)मा खेलमैदान निर्माणकार्य भइरहेको छ ।

by RSS | Dec 02
img
विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो ।जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विश्वको अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा

by RSS | Oct 01
img
स्थानीयवासीको सहयोगमा खेलमैदान

बेँसीशहर नगरपालिका–१० खासुरगाउमा स्थानीयवासीको सहयोगमा खेलमैदान निर्माण गरिएको छ । स्थानीय खासुररोधी युवा क्लबको अगुवाइमा चन्दा सङ्कलन गरी रु सात ३० लाखमा गाउँमा खैलमैदान निर्माण गरिएको हो । क्लबले विभिन्न चाडपर्वमा नाचगान गरी करीब रु सात लाख सङ्कलन गरेको थियो । सो रकमबाट खेलमैदान निर्माण शुरु गरिएको निर्माण संयोजक एवं क्लबका अध्यक्ष नन्दबहादुर घलेले जानकारी दिनुभयो ।

by RSS | Sep 11
img
प्रवासीको सहयोगबाट खेलमैदान निर्माण

युवा क्लबको सक्रियतामा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण भएको छ । बेँसीशहर नगरपालिका–१० खासुगाउँका बासिन्दाले नाचगान र चन्दाबाट खेलमैदान निर्माण गरेका हुन् । खसुरोधीं युवा क्लबको अगुवाइमा गाउँकै कोडहर डाँडामा खेलमैदान निर्माण गरिएको हो । २०६५ देखि तीन वर्ष क्लबले नाचगान गरी रु सात लाख जम्मा गरेर खेलमैदान निर्माण थालेको थियो । गाउँका युवाको खेलप्रति

by RSS | Aug 08

LATEST NEWS