img
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका बेला प्रदेश ५ का विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्ब रुपैयाँको भौतिक संरचना संरक्षण र व्यवस्थापन गर्ने चुनौती थपिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि यी भौतिक संरचनाको संरक्षण र ब्यवस्थापन हुन नसके खण्डहरमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरिसकेको छ ।

by RSS | May 16
img
सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।

by RSS | May 10

लगनखेल–सातदोबाटो सडक निर्माण सुस्त

जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वाेच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

by RSS | May 10
img
चौरमा खेलाडी उत्पादन, चौरमै अन्तर्राष्ट्रिय प्रतियोगिता

इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कर्वड हल अभावमा एक हजार २०० भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ । पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ । सदरमुकाम इलाम बजारको प्रशिक्षण कक्ष सानो छ ।

by RSS | May 09
img
नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मलेसियाको फुटबल सङ्घले आगामी जुनको पहिलो साता मैत्रीपूर्ण फुटबल खेल्न राखेको प्रस्तावलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले स्वीकार गरेको एन्फाले जनाएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारीस्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

by RSS | May 08
img
खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा

इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गर्नुभएको छ । झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गर्नुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो समय यहाँका सफल मौरीपालन व्यवसायी बन्नुभएको छ ।

by RSS | May 07
img
नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताउनुभयो ।

by RSS | May 05

राष्ट्रपति रनिङ शिल्ड

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेठ १६ गतेदेखि गर्ने निर्णय भएको हो ।

by RSS | May 02
img
अनमी उच्च रक्तस्रावको चपेटामा

चंखेली गाउँपालिका वडा नं ६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली गए राति २ बजेदेखि उच्च रक्तस्रावले थला पर्नुभएको छ । दाङ, घोराही उपमहानगरपालिका १५ स्थायी घर हुनुभएका ३५ वर्षीय अनमी नेपाली अत्यधिक रक्तस्रावले थला परेको हुनाले उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो ।

by RSS | Apr 30
img
एयरपोर्ट धुलिखेलमा बन्छ ः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिनुभयो ।

by RSS | Apr 28
img
वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो

by RSS | Apr 25
img
अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्दै

एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरु गरेको छ । थाइल्याण्डको चियाङमाइमा आयोजकविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । शुरुआती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्न लागेको हो । आयोजकविरुद्ध मैदानमा उत्रँदा नेपाल शतप्रतिशत जितको खोजीमा हुनेछ ।

by RSS | Apr 25
img
खेलकूदमा थप लगानी गर्न उपराष्ट्रपतिको आग्रह

कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपालगञ्जस्थित नेपालगञ्ज रङ्गशालामा आयोजित आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई स्वस्थ राख्न खेलकूद अपरिहार्य भएको बताउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय झण्डालाई विश्वसामु फहराउन खेलकूदको विकास जरुरी छ ।”

by RSS | Apr 25
img
कुस्तीका राष्ट्रिय खेलाडी विष्ट गम्भीर बिरामी

नेपालगञ्जमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहनुभएका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सहजीकरणमा विष्टको काठमाडौँ बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ ।

by RSS | Apr 24
img
आठौँ खेलकूद ः नेपाली खेलकूदको युग परिवर्तन

आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताउनुभयो ।

आठौँ राष्ट्रिय खेलकूद ः फुटबलप्रति दर्शकको आकर्षण

नेपालगञ्ज रङ्गशालामा लामो समयपछि फुटबलप्रति दर्शकको रौनक देखिएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत फुटबलका सेमिफाइनल खेल हेर्न नेपालगञ्जवासी मात्र नभई बाँके र बर्दियाका ग्रामीण क्षेत्रबाट समेत दर्शक खेल हेर्न रङ्गशाला पुगेका थिए । वार्षिकरुपमा नेपालगञ्ज गोल्डकप प्रतियोगिता हुने भए पनि अहिले जारी राष्ट्रिय प्रतियोगिताले दर्शकको रुचि बढाएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताउनुभयो

by RSS | Apr 23
img
आठौँ राष्ट्रिय खेलकूद ः आर्मीको अग्रता कायमै

प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । आज १५ औँ दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित कुल ७१४ पदकको टुङ्गो लागिसकेको छ ।

by RSS | Apr 23

LATEST NEWS