img
वृहत एकीकृत घुम्ती शिविरमा हजाराँैको भीड

सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको वृहत एकीकृत घुम्ती शिविर तथा निःशुल्क स्वास्थ्य शिविरमा हजारौँ स्थानीय सेवाग्राहीको भीड लागेको छ ।

by RSS | May 14
img
घुम्ती शिविरमा १५१ जनालाई नागरिकता

दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलमा सञ्चालित दुईदिने नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा शनिबार १५१ जनाले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सो शिविरमा शिविरमा ७२ महिला र ७९ पुरुष गरी १५१ जनाले नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । शिविरमा १६२ जनाको फोटोसहितको मदताता नामावली पनि सङ्कलन गरिएको थियो ।

by RSS | Apr 28
img
एकीकृत घुम्ती शिविरबाट साढे दुई सय लाभान्वित

म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङको कुम्रिस्थित वडा कार्यालय परिसरमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट साढे दुई सयभन्दा बढी लाभान्वित भएका छन् । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरबाट २७२ लाभान्वित भएका हुन्।

by RSS | Feb 17
img
घुम्ती शिविरमार्फत वडामै सेवा

रघुगङ्गा गाउँपालिकाले दुर्गम र विकट क्षेत्रका बासिन्दाको सुविधाका लागि घुम्ती टोलीमार्फत गाउँपालिकाको सेवा वडास्तरमै दिन थालेको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई सहज, सरल र बिना झन्झट सेवासुविधा उपलब्ध गराउने उद्देश्यले पाखापानीस्थित ६ नं वडा कार्यालयमा बिहीबार घुम्ती शिविर सञ्चालन गरेको छ । शिविरबाट गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता

by RSS | Jan 11
img
घुम्ती शिविरबाट आठ सय लाभान्वित

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला गाउँपालिका–१ कुहुँमा शनिबार जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको आयोजनामा सम्पन्न एकीकृत घुम्ती शिविरमार्फत आठ सय जना लाभान्वित भएका छन् । शिविरमा ७९८ जनाले गाउँमै नागरिकता, कृषि, पशु स्वास्थ्य, आयुर्वेद, स्वास्थ्य, ज्येष्ठ नागरिक, अपाङ्गता परिचयपत्र, वाणिज्य दर्ता, मतदाता परिचयपत्र दर्तालगायतका सेवा लिएका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

by RSS | Dec 23
img
घुम्ती शिविरबाट बाह्र सय लाभान्वित

म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा सम्पन्न निःशुल्क आँखा उपचार शिविर र रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, धवलागिरि गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरि जनयुवा क्लब ताकमको आयोजनामा चार दिनसम्म शिविर सञ्चालन भएको थियो । 

by RSS | Nov 19
img
घुम्ती शिविरबाट साढे दुई सय लाभान्वित

म्याग्दीको धौलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दालाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो । 

by RSS | Nov 05
img
घुम्ती शिविरबाट पाँच सय लाभान्वित

म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जामा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट ५०० जना सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र गरीबीका कारण सदरमुकाम आएर सार्वजनिक सेवा लिनबाट बञ्चित भएका गुर्जावासीलाई लक्षित गरेर धवलागिरि गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो ।

by RSS | Nov 04
img
घुम्ती शिविरमा पाए १५९ ले नागरिकता

भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकीकृत घुम्ती शिविरबाट सयभन्दा बढीलाई नागरिकता वितरण गरिएको छ ।शनिबार सञ्चालित शिविरबाट १५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपांगता परिचयपत्र, जिल्ला आयुर्वेद कार्यालयबाट १५४ जनालाई निःशुल्क औषधि र जिल्ला स्वास्थ्य कार्यालयबाट ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । 

by RSS | Feb 04

LATEST NEWS