img
पूर्वतयारीबारे छलफल

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आज सौराहामा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परिचयपत्र वितरणको पूर्वतयारी र वितरणका विषयमा सरोकारवालासँग छलफल गरिएको थियो । सो अवसरमा विभागका महानिर्देशक दिपक काफ्लेले कार्यपत्र प्रस्तुत गर्नुहुँदै परिचयपत्रका विषयमा बारम्बार सोधिने प्रश्न, विभागले परिचयपत्र वितरणका क्रममा गरेका तयारी, भावी कार्यक्रम लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

by RSS | May 15
img
कृषकसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषकका वास्तविक कुरा समावेश गर्न कृषकसँग छलफल गर्ने भएको छ । भूगोल सुहाउँदो खेती विस्तार गरी कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन प्रदेश सरकारले अभियान थालेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीसहितको टोली जिल्ला दौडाहामा छ ।

by RSS | May 14
img
प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने

प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज रासससँगको कुराकानीमा बताउनुभएको हो ।

by RSS | May 13
img
पोषण वृद्धिका लागि दम्पतीसँग छलफल

टीकापुर नगरपालिकाले कुपोषणको जोखिम कम गर्न गर्भवती महिलाका दम्पत्तीसँग छलफल शुरु गरेको छ । नगरपालिकाले गर्भजाँच गर्न आउने महिलाका श्रीमान्सँग अनिवार्य छलफल थालेको हो । एक हजार दिनका आमाको स्वास्थ्यमा ध्यान दिएमा बच्चा पनि कुपोषित हुनबाट बचाउन सकिने भएकाले गर्भवती महिलाका दम्पत्तीसँग छलफल थालेको नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक सुरक्षा उपशाखाका निरीक्षक सङ्गिता शाहले बताउनुभयो ।

by RSS | May 10
img
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

राष्ट्रियसभामा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।

by RSS | May 06
img
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

by RSS | May 05
img
नीति तथा कार्यक्रममा छलफल हुँदै

सङ्घीय संसद्को प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुँदैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

by RSS | May 05
img
बजेट बनाउन पालिकाले थाले छलफल

जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेका छन् । असार १० गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी पहिलो चरणको छलफल थालिएको हो । जिल्लाका सबै पालिकाले पहिलो चरणमा विषयगत समितिमा छलफल गर्ने, योजना तर्जुमा गोष्ठी सञ्चालन गर्ने, सुझाव सङ्कलन गर्ने र आन्तरिक तयारीको काम थालेका हुन् ।

by RSS | May 02
img
मुलुकी संहिता संशोधनसम्बन्धी विधेयकमाथि छलफल

प्रतिनिधिसभाको ‘कानून, न्याय तथा मानव अधिकार समिति’ले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ माथि आवश्यक छलफल गरी संसद् बैठकमा पठाउने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले उक्त विधेयकमाथि परेका संशोधनका सम्बन्धमा छलफल गरे पनि राष्ट्रियसभाबाट पारित विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरेको छ ।

by RSS | Mar 22
img
प्रेस युनियन र आइएलओबीच छलफल

नेपाल प्रेस युनियन र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) प्रतिनिधिबीच आप्रवासन नेपाली कामदारका चुनौती समाधान सम्बन्धमा छलफल भएको छ । युनियन केन्द्रीय कार्यालयमा आज आइएलओका प्रतिनिधि र युनियन पदाधिकारीबीच छलफल भएको थियो । सो अवसरमा आइएलओ जेनेभाकी प्राविधिक अधिकृत लू टेसिएरले नेपालमा वैदेशिक रोजागारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न एक शैक्षिक सामग्रीको आवश्यकता रहेको बताउनुुभयो । 

by RSS | Feb 14
img
विधेयक छलफलका लागि पठाउन अनुमति

प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन अनुमति दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धीत समितिमा पठाईयोस्’ भन्ने प्रस्तावलाई सदनले स्वीकृति दिएको हो । 

by RSS | Feb 12
img
प्रदर्शनी केन्द्र निर्माणबारे मन्त्री र सांसदसँग छलफल

प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताउनुभएको छ । प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

by RSS | Dec 19
img
छलफलका लागि चार विधेयक दर्ता

प्रदेश नं ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । प्रदेशसभा सञ्चालन भएपछि ती विधेयकमाथि छलफल हुने प्रदेश नं ५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ को सङ्घ, संस्थाहरुको दर्ता

by RSS | Dec 06
img
भीमदत्तनगर र इजरायली दूतावासबीच छलफल

कञ्चनपुरको भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच आपसी द्विपक्षीय सहयोग आदानप्रदानसम्बन्धी बुधबार छलफल भएकोे छ । नगरपालिका कार्यालयमा नगरप्रमुख सुरेन्द्र विष्ट र दूतावासका उपप्रमुख ताल सवरतसुमनबीच सहयोग आदानप्रदान र आपसीहितका बारेमा छलफल भएको हो । बैठकमा दूतावासका उपप्रमुख सवरतुमनले सन् २०१९ सम्म भीमदत्त नगरपालिकासित सम्बन्ध विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो ।

by RSS | Nov 22
img
चिनियाँ टोली नेपाल आउँदै, केरुङ–काठमाडौं रेलमार्ग छलफल गर्न 

केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न डिसेम्बर दोस्रो साता चिनियाँ टोली नेपाल आउने भएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ टोली नेपाल आउन लागेको हो ।

by Anu Rana | Nov 22
img
पोम्पेओ र साउदी अरेबियाका राजाबीच छलफल

साउदी अरबले पत्रकार जमाल खाशोज्जीको हत्या ठूलो गल्ती बताएको छ तर यसमा युवराज मोहम्मद बिन सलमानको कुनै भूमिका नभएकोसमेत स्पष्ट पारेको छ ।  

by Anu Rana | Oct 23
img
एयरलाइन्स कम्पनी र नाट्टाबीच छलफल

नेपाली एयरलाइन्स र ट्राभल एण्ड ट्रेडले एयरलाइन्स कम्पनी र नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) ले संयुक्त कार्यदल बनाएर अगाडि बढ्ने भएका छन् ।ती दुईसंसथाबीच बुधबार भएको छलफलमा एयरलाइन्स र ट्राभल एण्ड टे«डले भोग्नुपरेका समस्या समाधनका लागि संयुक्त कार्यादल बनाएर अगाडि बढ्ने निर्णय भएको हो । संयुक्त कार्यदलले समस्या समाधानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,

by RSS | Aug 30
img
गृहमन्त्री र वनमन्त्रीबीच छलफल

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गर्नुभएको छ । बुधबार भएको छलफलमा क्षतिको यकिन विवरण राहत र पुनःस्थापनाका कार्यक्रम तत्काल बुझेर घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । जिल्लाको सबै ठाउँमा असिनाका कारण बालीनालीमा भएको क्षति, बाढी पहिरोबाट भएको क्षति लगायत विवरण स्थानीय प्रशासनमार्फत् छिटो लिने काम भइरहेको चर्चा

by RSS | Aug 16
img
काँग्रेसमा संसद्को बिहीबारको बैठकबारे छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेसले गृहमन्त्री रामबहादुर थापाले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासा

by RSS | Aug 03
img
कार्ययोजना कार्यान्वयनका लागि मन्त्रालयगत छलफल

प्रदेश नं ५ सरकारले गत आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रगति समीक्षाका साथै चालू आवको बजेट तथा नीति कार्यक्रमको कार्ययोजना कार्यान्वयनका विषयमा मन्न्त्रालयगत छलफल जारी राखेको छ । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित मन्त्रालयगत प्रस्तुतीकरण कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालय तथा प्रदेशसभा सचिवालयसमेतले आव २०७४÷०७५ मा तय गरिएका कार्ययोजना, बजेटको कार्यान्वयन र चालू आव २०७५/०७६ को नीति तथा कार्यक्रम,

by RSS | Jul 26

LATEST NEWS