img
देवघाट क्षेत्रमा जग्गा अतिक्रमण

पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूलाठूला महलहरु बनेका छन् ।

by RSS | May 21
img
गोकर्णेश्वरको न्यायिक समितिमा जग्गाको सीमा विवाद धेरै

स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरुको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताउनुभयो । दुई/तीन आना जग्गा लिएर घर बनाउनेले साँध सीमा मिची अरुको जग्गामा घर बनाएको उजुरी आउने क्रम बढेको उहाँको भनाइ छ ।

by RSS | May 17
img
सिमेन्ट उद्योगको जग्गा अतिक्रमणकारीबाट मुक्त

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण भएपछि प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको छ ।

by RSS | May 15
img
विद्यालयलाई २४ रोपनी जग्गा सहयोग

सामुदायिक विद्यालय सञ्चालनका लागि कि त सरकारी अनुदान कि त महायज्ञ वा अन्य कुनै कार्यक्रम गरेर पैसा सङ्कलन गर्ने प्रचलन छ । तर यहाँका एक वृद्धले भने आफ्नो गाउँमा सामुदायिक विद्यालय सञ्चालनका लागि पैतृक सम्पत्ति दान गर्नुभएको छ ।

by RSS | May 15
img
गुठी जग्गामा व्यक्तिको रजाइँ

बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक कोत (खड्ग भवानी) को बगरफाँटमा अवस्थित दुर्गा भवानी गुठी जग्गा अतिक्रमण गरेर केही व्यक्तिले रजाइँ गरेका छन् ।

by RSS | May 14
img
देशभरिका अतिक्रमित जग्गा सरकार मातहत ल्याइने

देशभर अतिक्रमित भएका सरकारी जग्गा सरकारले आफ्नो मातहत ल्याउने तयारी गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सबै प्रकारका अतिक्रमित जमीन सरकारको आफ्नो अधिकार क्षेत्रभित्र सुरक्षित राख्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

by RSS | May 10
img
जग्गा अनियमितता गर्नेको खोजी

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन शुरु गरेको छ । ललिता निवासलगायत सरकारी जग्गामा अनियमितताको समाचार बाहिर आएपछि बालुवाटार तथा त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो ।

by RSS | May 09
img
अतिक्रमित जग्गा हटाइने

जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभित्रका अतिक्रमण गरिएका सार्वजनिक जग्गा एक वर्षभित्र हटाई जग्गाको संरक्षण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अध्यक्षतामा भएको सरकारी स्वामित्वमा रहेका सार्वजनिक जग्गा संरक्षणसम्बन्धी सर्वपक्षीय बैठकले नगरपालिका र गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको संरक्षरण र अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।

by RSS | May 09
img
कानून व्यवसायीले नै झुक्याएर जग्गा आफ्नो नाममा लिएपछि...

पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ ।

by RSS | May 09
img
बुटवलका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

by RSS | May 09
img
सार्वजनिक जग्गाको संरक्षण गर्न माग

राष्ट्रिय भूमिअधिकार मञ्च, नेपालले देशको महत्वपूर्ण क्षेत्रको जग्गा तथा आवास क्षेत्र नै भूमाफियाको कब्जा भएकामा चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्ति रोक्न सरकारलाई विशेष पहल गर्न माग गरेको छ ।

by RSS | May 08
img
महानगरद्वारा ४४ बिघा जग्गा संरक्षण

देशभर सार्वजनिक जग्गा अतिक्रमणका घटना सार्वजनिक भइरहेका बेला भरतपुर महानगरपालिका संरक्षणमा लागेको छ । महानगरले एक वर्षअघि सार्वजनिक जग्गा खोजबिन व्यवस्थापन समिति गठन गरी संरक्षणमा लागेको हो । महानगरपालिकाले हालसम्म ४३ बिघा ११ कट्ठा १७ धुर जग्गा खोजबिन गरी संरक्षण गरिसकेको छ ।

by RSS | May 08
img
४४ वर्षदेखि जग्गाको स्वामित्वबाट बञ्चित

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित पहाडी बस्तीका बासिन्दाले ४४ वर्ष बितिसक्दा पनि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व पाउन सकेका छैनन् । लामो समयदेखि भोगचलन गर्दै आए पनि जग्गा नापी अलपत्र पर्दा आफूहरु स्वामित्वविहीन हुनुपरेको उनीहरूको गुनासो छ ।

by RSS | May 02
img
बालुवाटार जग्गा प्रकरणबारे सरकारले प्रष्ट पार्नुपर्छ: सांसद

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद्, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा समितिका सदस्यले ती दुई प्रकरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका विभिन्न नेता वा जोकोही मुछिए पनि पारदर्शी ढङ्गबाट छानबीन गरेर दोषीमािथ कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।

by RSS | May 02
img
ऐँसेलुखर्कवासीले गरे जग्गा निःशुल्क दान

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि लाखौँ मूल्य पर्ने जग्गा निःशुल्क उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।

by RSS | Apr 30
img
सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि गाउँमा रौनक बढ्यो

मुलुक सङ्घीयतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँमा रौनक बढ्न थालेको छ । स्थानीय निकाय बलियो बन्दै जानु, बैंक तथा वित्तीय संस्थाले ग्रामीण बस्तीमा सेवा विस्तार गर्नु, सञ्चार, स्वास्थ्य, बजार र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि छोराछोरीलाई पढाउन, ब्यापार व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर झरेका मानिस पनि गाउँ फर्कन थालेका छन् ।

by RSS | Apr 29
img
काठमाडौँमा ४५० कित्ता जग्गा रोक्का

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले दुरुपयोग गरिएको सरकारी जग्गाको अनुसन्धान गरी सरकारको अधिनमा ल्याउने उद्देश्यले काठमाडौँमा करीब ४५० कित्ता जग्गा रोक्का गरेको छ । डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्वराज मरासिनीको संयोजकत्वमा मन्त्रालयले एक साताअघि गठन गरेको कार्यदलको सिफारिसका आधारमा जग्गाको कित्ता रोक्का गरिएको हो ।

by RSS | Apr 29
img
सार्वजनिक जग्गा अतिक्रमणप्रति ध्यानाकर्षण

नेपाल वातावरण पत्रकार समूह(नेफेज)ले सार्वजनिक जग्गा र खुल्ला क्षेत्रमा भइरहेको अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेफेजले काठमाडौँ उपत्यकाको मुटुमा रहेको खुल्लामञ्च क्षेत्रमा विभिन्न बहानामा भइरहेकोे अतिक्रमण र त्यसमाथि उठेका क्रिया प्रतिक्रिया र उपत्यकाको जैविक विविधताको लागि महत्वपूर्ण मानिने चन्द्रागिरिमा बनाइएको रिसोर्टलगायत अतिक्रममण र दोहन बारेमा ध्यानाकर्षण भएको जनाएको हो ।

by RSS | Apr 29
img
सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने

दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने भएको हो ।

by RSS | Apr 26
img
जग्गा दान

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।

by RSS | Apr 22

LATEST NEWS