img
जलयात्रा व्यवसाय सङ्कटमा

त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् । लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुभयो ।

by RSS | May 05
img
कालीगण्डकी जलयात्रा महोत्सव

कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा महोत्सव आयोजना गरिएको हो ।

by RSS | Apr 21
img
कालीगण्डकीमा जलयात्रा शुरु

वर्षायाम लागेपछि नदीको उच्च बहावका कारण रोकिएको कालीगण्डकी नदीमा अहिले पानीको सतह घटेसँगै जलयात्रा गर्ने क्रम शुरु भएको छ । केही दिनयता पर्वतको कुश्मा नगरपालिका–१ नयाँ पुलदेखि मिर्मीसम्मको जलयात्रा शुरु भएको हो । पानीको सतह घटेपछि विदेशी पर्यटक कालीगण्डकी नदीमा जलयात्राका लागि सम्पर्कमा आउन थालेको कालीगण्डकी रिभरबिच क्याम्पका सञ्चालक होम पुनले बताउनुभयो ।

by RSS | Oct 05
img
मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (–याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले –याफ्टिङ प्रभावित बनेको हो । विगतका वर्षमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (–याफ्टिङ) सहज रूपमा सञ्चालन गरिए पनि यस वर्ष

by RSS | Jun 17
img
महाकालीमा साहसिक जलयात्राका लागि अध्ययन

भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ । महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । गत वर्षको स्थानीय तह निर्वाचनमा महाकाली नदीको बहुप्रयोग भीमदत्त नगरपालिकाका नगर प्रमुख

by RSS | May 28