img
अमेरिकाले इरानमा विमान वाहक जहाज र बमवर्षक टोली पठाउँदै  

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले विज्ञप्ति मार्फत इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताएका छन् । बोल्टनले अमेरिकी केन्द्रीय कमान्डलाई मद्दत गर्न युएसएस अब्राहम लिंकन क्यारिअर स्ट्राइक ग्रुप र एउटा बमवर्षक टास्क फोर्स पठाउन लागिएको जनाएका छन् ।

by Anu Rana | May 07
img
नर्वेको तटीय इलाकामा पानीजहाजबाट सयौंको उद्धार  

नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ ।

by Anu Rana | Mar 25
img
बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् ।

by RSS | Mar 19
img
जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एयरबस ए ३२० को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ । समितिमा आज भएको छलफलमा सभापति भरतकुमार शाहले यस सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि बोलपत्र खुल्ला नगर्न निर्देशन दिनुभएको हो । बोलपत्र आजै खोल्ने निगमको कार्यतालिका थियो । 

by RSS | Feb 22
img
प्रधानमन्त्रीद्वारा पानीजहाज कार्यालयको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताउनुभयो । नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उहाँले औँल्याउनुभयो ।

by RSS | Feb 14
img
निगमले जहाज पूर्ण क्षमतामा उडाउने

नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक ९पाइलट० को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने तयारी भइरहेको निगमले जनाएको हो । पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउण्डेडलगायतका समाचार सञ्चार माध्यममा आएका थिए ।

by RSS | Feb 12
img
वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियाको अनियमितबारे सर्बत्र चर्चा पाइरहेका बेला निगम स्वयंले भने आन्तरिक व्यवस्थापन र सेवा सुदृढीकरणलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ । जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध

by RSS | Nov 26
img
नेपाल वायुसेवा निगमले थप दुईथान सानो आकारका जहाज खरिद गर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले थप दुईथान सानो (न्यारो बडी) आकारका जहाज खरिद गर्न व्यवस्थापनलाई सैद्धान्तिक सहमति दिएको छ। दुईथान ठूलो (वाइड बडी) आकारका जहाज आउन दुई साता बाँकी हुँदा सञ्चालक समितिले निगम व्यवस्थापनलाई थप दुइटा न्यारो बडी जहाज खरिद गर्न सैद्धान्तिक सहमति दिएको नागरिकन्यूज अनलाइनले जनाएको छ।

by Anu Rana | Jul 03
img
नेपाल वायुसेवा निगमले खरिद गरेको पहिलो वाइडबडी जहाज नेपालमा

नेपाल वायुसेवा निगमले खरिद गरेको पहिलो वाइडबडी जहाज बिहीबार बिहान काठमाडौं आइपुगेको छ । २८० सिट क्षमताको ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  

by Anu Rana | Jul 01
img
२८० सिट क्षमताको वाइडबडी जहाज असार १४ मा आउने  

नेपालले पहिलो पटक खरिद गर्न लागेको २८० सिट क्षमताको वाइडबडी ३३०–२०० सिरिजको पहिलो जहाज असार १४ गते काठमाडौं आइपुग्ने भएको छ ।राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगमले करिब २३ अर्ब रुपैयाँमा खरिद गर्न लागेको दुई वटा वाइडबडी जहाज मध्ये पहिलो जहाज असार १४ गते काठमाडौं ल्याउन लागिएको हो ।

by Anu Rana | Jun 08
img
हवाइ यात्राबारे गलत प्रचार भइरहेको भन्दै खण्डन गरिदिन सरकारलाई आग्रह

पोखरा पर्यटन परिषदले हालै भएको हवाई जहाज दुर्घटनालाई आधार बनाएर नेपालको हवाई यात्रा असुरक्षित छ भनेर प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिषदले विज्ञप्ती प्रकाशित गरी यहि फागुन २८ गते भएको दुर्घटनाको छानविन गर्न गठित समितिले प्रतिवेदन नै तयार गरिनसकेको अवस्थामा सिएनएन, बिबिसीलगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सत्यतथ्य नै नबुझी गलत सूचना

by Anu Rana | Mar 18