img
टोर्नाडो पीडितलाई पोर्तुगलबाट सहयोग

गत चैत महिनामा नेपालका बारापर्सालगायत तराईका जिल्लामा आएको आँधीबेहेरी पीडितलाई पोर्तुगलबाट रु एक लाख चवालीस हजार ७८० आर्थिक सहयोग पठाइएको छ । नेपाली सङ्घीय समाज पोर्तुगलको पहलमा प्रदेश नं २ मुख्यमन्त्री राहत कोषमा सो रकम पठाइएको समाजका पोर्तुगल अध्यक्ष सोमफुरी शेर्पाले जानकारी दिनुभयो । सो आँधीबेहेरीबाट २९ मानिसको निधन, सयौंँ घाइते र करोडौँ धनमाल क्षति भएको थियो ।

by RSS | May 13
img
‘टोर्नाडो’को स्थलगत अध्ययन गर्दै मौसमविद् टोली

गत साता बारा र पर्सामा गएको मौसम प्रणाली साधारण हुरी नभई ‘टोर्नाडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि मौसमविद्को टोलीले स्थलगत अध्ययन थालेको छ । वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपालको एक टोली स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

by RSS | Apr 07