img
जनप्रतिनिधिको तलब शिक्षामा

तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गर्नुभएको छ । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलबमध्येबाट रु ७८ हजार सहयोग गर्नुभएको हो । प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

by RSS | May 09
img
नगर प्रमुखद्वारा तलब भत्ता विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च

गोरखाको पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले तलब भत्ताबापतको रकमबाट विपन्न परिवारको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको छ । नगर प्रमुख कँडेलले यसअघि गरेको घोषणाबमोजिम सेवासुविधाको रकमबाट असहाय तथा विपन्न परिवारका व्यक्तिको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको हो । उहाँले पहिलोपटक सोमबार पालुङटार नगरपालिका–४ का कृष्णबहादुर घर्तीका सबै परिवारको स्वास्थ्य बीमा गराउनुभएको छ ।

by RSS | Apr 30
img
छ महीनादेखि प्राध्यापकले तलब पाएनन्

रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र चार कर्मचारीले गत भदौदेखि तलब पाएका छैनन् । छ महीना बित्दासम्म तलब नपाएका उनीहरुले दैनिक जीवनयापनमा समस्या हुँदै गएको गुनासो गर्न थालेका छन् ।

by RSS | Feb 17
img
स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण

प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ । प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो । 

by RSS | Mar 16
img
म्याग्दीका शिक्षकले तलब पाएनन्

म्याग्दीका तीनवटा स्थानीय तहका शिक्षकले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको तलब अझै पाउन सकेका छैनन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताले गत मंसिरमै पाउनुपर्ने तलब अझै नपाएका हुन् । 

by RSS | Feb 14
img
मुलुकको शिक्षाको यथार्थ तस्विर :शिक्षकको तलब मासिक रु एक हजार

विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ । तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आउनुभएकी एकजना शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरी पढाउँदै आउनुभएको छ । 

by RSS | Jan 05

LATEST NEWS