img
बेरोजगार युवालाई सुरक्षागार्ड तालीम

जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालीम शुरु गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहीने तालीम शुरु भएको हो ।

by RSS | May 16
img
स्वरोजगार तालीमको ४० प्रतिशत मात्र खर्च

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको स्वरोजगार कार्यक्रमका लागि विनियोजित रकम जम्मा ४० प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा बेरोजगारलाई स्वरोजगार बनाउने र आयआर्जनका लागि सक्षम बनाउने उद्देश्यले करीब रु १० करोड ६ लाख उक्त शीर्षकमा छुट्टाइएको थियो ।

by RSS | May 15
img
बेरोजगार युवालाई स्वरोजगार बनाउन तालीम

बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ । गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन सिकाएर स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले एक महीने तालीम शुरु गरिएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालिले आयोजना गरेको सवारी चालक तालीममा पहिलो चरणअन्तर्गत हलुका सवारीसाधन चलाउन सिकाइने जनाइएको छ ।

by RSS | May 15
img
तीनमहीने शिशु सशक्तीकरण तालीममा

सिक्ने र जान्ने रहर भएपछि कुनै पनि परिस्थिति बाधक हुँदैन भन्ने उदाहरणका एक पात्र माछापुच्छ्र्रे गाउँपालिका–५ की उर्मिला थापा हुनुहुन्छ । माछापुच्छ्र्रे« गाउँपालिका–५ आयोजना र वडास्तरीय महिला सञ्जालको व्यवस्थापनमा आयोजित सशक्तीकरण एवं नेतृत्व विकाससम्बन्धी तीनदिने तालीममा सहभागी थापाले तीन महीनाको शिशु च्यापेर नै तालीममा सक्रिय सहभागिता जनाउनुभयो ।

by RSS | May 14
img
समुदायलाई विपत् प्रतिकार्य तालीम

मण्डन देउपुर नगरपालिकामा समुदायमा आधारित आपतकालीन (विपत्) प्रतिकार्य तालीम शुरु गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले समुदायमा आधारित समावेशी जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाको दुई वडाका समुदायलाई एकहप्ते सो तालीम शुरु गरिएका जिल्ला सभापति रघुवर चौ प्रधानले बताउनुभयो । उहाँका अनुसार विपत्बाट जोखिममा परेका व्यक्तिलाई जोगाउने र त्यस्ता व्यक्तिलाई तत्काल राहत उपलब्ध गराउने विषयमा सिकाइनेछ ।

by RSS | May 12
img
साइबर अपराध तालीम

साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालीम प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालीम केन्द्रद्वारा छैटौँ समूहको उक्त तालीममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालीम वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म सञ्चालन भएको थियो ।

by RSS | May 10
img
दलित जनप्रतिनिधिलाई तालीम

दलित समुदायबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तालीम लिएका छन् । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोग, जिसस दैलेखको आयोजना र दलित जागरण केन्द्रको सहकार्यमा दैलेखका ११ वटै स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिलाई तीन दिने क्षमता विकास तालीम दिइएको हो ।

by RSS | May 08
img
नेपाली सेनामा तालीमरतबीच मैत्रीपूर्ण फुटबल

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा आज नेपाली सेना अधिकृत आधार तालीम समूह र सैन्य आधार तालीम समूहबीच भएको फुटबलमा अधिकृत समूह ३–२ गोलले विजयी भएको छ । श्री नं १ तालीम केन्द्र त्रिशूलीको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा अफिसर क्याडेट समूह एक गोल अन्तरले विजयी भएको हो ।

by RSS | May 08
img
युवालाई प्रशासनिक काम सिकाउँदै बुद्धशान्ति

झापाको बुद्धशान्ति गाउँपालिकाले आफ्ना पालिकाका युवालाई स्वरोजगार बनाउने उद्देश्यले प्रशासनिक काम सिकाउन थालेको छ । गाउँपालिकाभित्रका कक्षा १२ उत्तीर्ण गरेका १२ युवालाई लिखित र प्रयोगात्मक परीक्षाका माध्यमद्वारा वैशाख १३ गते छनोट गरी काम सिकाउन थालेको हो । कार्यालयमा १९ जनाको आवेदन परेको थियो ।

by RSS | Apr 29
img
विपन्न महिलालाई अनुदान

शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ । गाउँपालिकाले नौवटै वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख सुदिप विकले जानकारी दिनुभयो ।

by RSS | Apr 29
img
अपाङ्गता भएकालाई मोबाइल तालीम

सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ ले चार जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वरोजगार तथा सीपमूलक मोबाइल मर्मत तालीम काभ्रेपलाञ्चोकको धुलिखेलमा शुरु गरेको छ । विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले सीप सिकेर जीवनयापन सहज होस भनेर काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रत्येक जिल्लाबाट पाँच÷पाँच गरी २० जनालाई सो तालीम आयोजना गरिएको हो ।

by RSS | Apr 28
img
सिकाइमा आधारित एक वर्ष पेशागत तालीम

शिक्षण अध्यापन अनुमतिपत्रको विकल्पमा आगामी आर्थिक वर्षदेखि शिक्षकका लागि खुल्ला सिकाइमा आधारित एक वर्ष पेशागत तालीम सञ्चालन हुने भएको छ । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले सञ्चालन गर्ने यो तालीम लिएकाले शिक्षक बन्न अनुमतिपत्रको परीक्षा दिनुपर्ने वा शिक्षा शास्त्र सङ्कायमा अध्ययनको अनिवार्यताको अन्त्य हुनेछ ।

by RSS | Mar 18
img
पन्ध्र सयलाई स्वरोजगार तालीम

नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्र्तगत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिनुभयो । 

by RSS | Mar 17
img
‘श्रम बजारको मागअनुसार तालीमको खाँचो’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा वर्षेनी थपिने नयाँ युवा जनशक्तिलाई श्रम बजारको मागबमोजिम तालीम दिन आवश्यक रहेको बताउनुभएको छ । ‘नेशनल युथ लिडरसीप समिट २०१९’ लाई आज यहाँ सम्बोधन गर्दै उहाँले श्रम बजारले माग गरेअनुसारको जनशक्ति तयार गर्न सरकारले सीप र तालीम प्रदान गर्ने संस्थालाई एउटै छाताभित्र ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

by RSS | Mar 12
img
स्वरोजगारका लागि सीपमूलक तालीम

बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले बागलुङमा क्रियाशील धौलागिरि ग्रामीण स्रोत विकास केन्द्र(डिआइआरडिसी)ले दुई वर्षदेखि विभिन्न सीपमूलक तालीम सञ्चालन गर्दै आएको छ । पुरुषलाई प्लम्बर तथा महिलालाई सिलाइकटाइ तालीम प्रदान गरिएको विकास केन्द्रले जनाएको छ । दैनिक सयौँ युवा विदेश जान थालेपछि नेपालमै स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालीम सञ्चालन गर्दै आएको धौलागिरि ग्रामीण स्रोत विकास

by RSS | Mar 12
img
पत्रकारलाई विपद् व्यवस्थापन तालीम

विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, प्रकोपको पूर्वतयारीका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्न तीनदिने तालीम आजदेखि बुटवलमा शुरु भएको छ । नेपाल पत्रकार महासङ्घ, प्रदेश नं ५ समितिले आयोजना गरेको ‘विपद् जोखिम न्यूनीकरण तथा मानवीय प्रतिकार्य प्रदेशस्तरीय पत्रकारको क्षमता अभिवृद्धि’ तालीममा सोही प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री लीला गिरीले राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी

by RSS | Feb 26
img
‘पोर्टर गाइड’ तालीम

ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखरा र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पदयात्रा पर्यटनलाई लक्षित गरी पोखरामा पोर्टर गाइड तालीम सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र गण्डकी प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा सञ्चालित ६१ घण्टे तालीममा देशका विभिन्न जिल्लाबाट

by RSS | Feb 20
img
पर्यटन प्रवद्र्धन गर्न ‘रिभर गाइड’ तालीम

साहसिक जलयात्रा गर्नका लागि कर्णाली नदीमा ‘रिभर गाइड’ तालीम थालिएको छ । नेपाल एशोसियशन अफ –याफ्टिङ (नारा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनात्मक सहकार्यमा मङ्गलबारदेखि तीन दिनको सो तालीम सञ्चालन गरिएको हो । नेपालको पर्यटन उद्योगको एउटा महत्वपूर्ण विधाको रुपमा स्थापित साहसिक जलयात्रा व्यवसायलाई आवश्यक दक्ष रिभर गाइड सबै प्रदेशमा उत्पादन

by RSS | Feb 06
img
‘डकर्मीलाई तालीम विपन्नलाई घर’

गोरखा गण्डकी गाउँपालिकामा घर बनाउन प्रदान गरिएको डकर्मी तालीमबाट विपन्न परिवारले भने भूकम्प प्रतिरोधी घर पाएका छन् । गाउँपालिका वडा नम्बर १, २ र ६ मा भूकम्प प्रतिरोधी घर बनाउन प्रदान गरिएको डकर्मी तालीमबाट अतिविपन्न परिवारका लागि भने बास बस्ने घर बनेको हो । तालीम दिँदै गर्दा वडा कार्यालयले छनोट गरेको अतिविपन्न परिवारका लागि दुई कोठे

by RSS | Jan 29
img
अपाङ्गता भएका व्यक्तिको लागि तालीम

स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । सङ्घले ‘स्पिच थेरापी’ तालीम र स्वयंसेवी समूहसम्बन्धी कार्यक्रमको आयोजना गरेको हो । 

by RSS | Jan 13