img
दुबई विमान दुर्घटना: चार जनाको मृत्यु

डीए–४२ नामक चार सिटे विमानमा दुई यात्रु र चालक र सहचालक थिए। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएको यूएईका अधिकारीहरूले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना भएको थियो ।  

by Anu Rana | May 20
img
भारतमा बस दुर्घटनाः पाँचको मृत्यु, ३० घाइते

भारतको लखनउ-आगरा आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

by Anu Rana | May 20
img
टिपर दुर्घटनाको त्रास

एक हप्ताअघि बुटवलको पाखापानीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भयो । परीक्षा दिएर आफ्ना बुबासँग घर फर्कंदै गरेकी पुष्पा भण्डारी सवार स्कुटरलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गयो । आँखा अगाडि नै छोरीको मृत्यु देखेका बाबु घनश्यामसहित परिवारका सदस्य अहिले विक्षिप्त अवस्थामा हुनुहुन्छ ।

by RSS | May 15
img
सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको चासो भए पनि रोकिँदैन

गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी विद्यार्थी, शिक्षक र चालक गरी २३ को मृत्यु भयो । त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकास्थित रिहार नजिकै दुर्घटना हुँदा दुलाहका बुबा आमासहित छ को मृत्यु भयो ।

by RSS | May 14
img
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

कैलालीको टीकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ । आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो ।

by RSS | May 14
img
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो । ट्राफिक प्रहरी कार्यालय परासीका अनुसार आज बिहान ७ः४५ बजेको समयमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको लु१ख ७७११ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको हो ।

by RSS | May 13
img
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ । गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

by RSS | May 13
img
दुर्घटनामा एकको मृत्यु

सप्तरीको सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा आज एक जनाको मृत्यु भएको छ । कदमहा–गाईघाट सडकखण्डअन्तर्गत सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा रोकिराखेको स.१त. ५००२ नंको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा उदयपुर त्रियुगा नगरपालिका–३ बस्ने ३२ वर्षीयको प्रवीण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

by RSS | May 12
img
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्र कोल्टी जाँदै गरेका लु ४ त ७८१ नंको ट्र्याक्टर बूढीनन्दा नगरपालिका–५ दान सागुमा भएको दुर्घटनामा बूढीनन्दा नगरपालिका–७ का २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

by RSS | May 12
img
दुर्घटनामा युवकको मृत्यु

पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर एकापसमा ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ । रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा४५प ८३६८ नं को मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु३त ७९७२ नं को ट्रयाक्टर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार रामपुर नगरपालिका–५ बाङ्गेपसलका १९ वर्षीय सञ्जु रानाको मृत्यु भएको हो ।

by RSS | May 10
img
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो ।

by RSS | May 09
img
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

by RSS | May 08
img
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

by RSS | May 08
img
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी गए राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको छ । लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । ट्रकचालक एकबहादुर अधिकारी क्षेत्री र ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

by RSS | May 08
img
अल्ट्रालाइट विमान दुर्घटना

पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराउनुभएको छ । सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उहाँहरु दुवैजना सकुशल हुनुहुन्छ ।

by RSS | May 07
img
भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु  

भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा सात सैनिक को मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताएका छन् ।

by Anu Rana | May 06
img
श्रमिक मजदूरको निःशुल्क दुर्घटना बिमा

निःशुल्क दुर्घटना बिमा कार्यक्रमले श्रमिक मजदूरमा खुशीयाली छाएको छ । रामपुर क्षेत्रमा काम गर्दै आइरहेका मजदूरलाई दृष्टिगत गर्दै पूर्वी पाल्पा मजदूर व्यवस्थापन समितिले निःशुल्क दुर्घटना बिमा कार्यक्रम ल्याएकाले यहाँका मजदूर उत्साहित भएका हुन् । मजदूरको हकहित तथा मजदूरी पेशालाई सम्मान दिन, उनीहरुमाथि भविष्यमा आइपर्ने घटनालाई दृष्टिगत गर्दै निःशुल्क दुर्घटना बिमागराउन थालिएको समितिका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताउनुभयो ।

by RSS | May 03
img
कार दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

by RSS | May 03
img
कार दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

by RSS | May 03
img
जीप दुर्घटनामा सहचालकको मृत्यु

बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ । थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको उहाँले बताउनुभयो ।

by RSS | May 02

LATEST NEWS