img
नगरपालिकाको गाडीमा आगजनी

अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।

by RSS | May 15
img
खानेपानीको पाइपलाइनमा क्षति

नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो ।

by RSS | May 14
img
नगर अस्पताल निर्माण गर्दै ललितपुर महानगरपालिका

नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ । यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ ।

by RSS | May 13
img
मध्यपुरको मूर्त, अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना निर्माण

मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै नमूनाको साँस्कृतिक नगरी निर्माण गर्न नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण शुरु गरेको छ । नगरपालिकाले आयोजना गरेको समारोहमा गत चैत ३ गते प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मध्यपुरथिमिलाई ‘सांस्कृतिक नगरी मध्यपुरथिमि’ घोषणा गरेपछि नगरपालिकाले यसको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण शुरु गरेको हो ।

by RSS | May 12
img
लालपुर्जाका लागि ध्यानाकर्षण

रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न सकेको छैन् । व्यवस्थित घरघडेरी विकासका लागि सरकारले जग्गा दर्ता समिति आदेश जारी गरे पनि रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न नसकेको हो । सरकारले व्यवस्थित घरघडेरीका लागि लालपुर्जा वितरण गर्ने सम्बन्धमा जग्ग्गा दर्ता समिति गठन आदेश २०७५ जारी गरिसकेको छ ।

by RSS | May 09
img
पेस्तोलसहित चार पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन् । पक्राउपर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेका अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

by RSS | May 09
img
बुटवलका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

by RSS | May 09
img
प्राकृतिक पुलको दृष्यावलोकन गर्न झोलङ्गे पुल

पोखरा महानगरपालिका महतगौडा र टुटुङ्गाबीच सेतीनदी माथिको प्राकृतिक पुलको दृष्यावलोकन गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ढुङ्गा र माटोबाट निर्मित प्राकृतिक पुलबाट यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर गर्नुका साथै भूवनोटबारे अध्ययन अवलोकन गर्न सकिने सो पुल रु २७ लाख ५२ हजार ११९ को लागतमा निर्माण गरिने भएको हो ।

by RSS | May 08
img
आगलागीमा रु ६४ लाख क्षति

चाँगुनारायण नगरपालिका–९ स्थित गोर्खा इको प्यानलमा आज आगलागी भएको छ । आगलागीबाट रु ६४ लाख ७२ हजार ५०० बराबर क्षति भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । उद्योगी कृष्णभक्त दुवालसहितका व्यवसायीले सञ्चालनमा ल्याएको गोर्खा इको प्यानलमा भएको आगलागी दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको पहलमा नियन्त्रणमा आएको हो ।

by RSS | May 08
img
र्चुलामा सिसा खानी उत्खनन् शुरु

सुदूरपश्चिम प्रदेशकोे दार्चुलामा पहिलो पटक सिसा खानी उत्खनन् शुरु गरिएको छ । टोरेक्स माइन्स नेपाल प्रालिले महाकाली नगरपालिका–६ बरमुडे र शैल्यशिखर नगरपालिका–४ रानीशिखरमा सिसा खानी उत्खनन् शुरु गरेको हो । चार वर्षदेखि सिसाको सम्भाव्यता अध्ययन भइरहेको थियो । अहिले आएर सो प्रालिले उत्खनन् काम शुरु गरेको हो । पहिलो चरणमा बरमुडे क्षेत्रको सिसा खानी उत्खनन् शुरु गरिएको छ ।

by RSS | May 08
img
फोहर व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप

ललितपुर महानगरपालिकाले महानगरभित्रको फोहरको व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप गर्ने भएको छ । उपमहानगरपालिकाबाट महानगरपालिका बनेपछि साविकका पाँच गाविस थप भएका कारण जनशक्ति र उपकरण थप गर्न लागिएको हो । हाल कार्यरत जनशक्ति अपर्याप्त भएपछि २४ नयाँ कर्मचारी थप गर्न लागिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

by RSS | May 07
img
मलमला मन्दिरमा सिँढी बनाउने काम शुरु

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको मलमला मन्दिर क्षेत्रमा पैदलयात्राका लागि सिँढी बनाउने काम शुरु भएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको नगरपालिका–६ को चुरेक्षेत्रमा रहेको मलमला क्षेत्रमा निर्माण हुन लागेको सिँढीले स्थानीयवासीसमेत खुशी देखिएका छन् ।

by RSS | May 07
img
बालकको निर्मम हत्या

धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन ।

by RSS | May 07
img
पाँच विद्यालय समायोजन

विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालय समायोजन गरिएको हो ।

by RSS | May 07
img
बु्रमर सञ्चालनमा समस्या

काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि बु्रमर सञ्चालन हुँदै आएको छ तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन । काठमाडौँ उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले बु्रमरले नियमित रुपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धुलो कम हुन नसकेको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ ।

by RSS | May 06
img
मार्तडीको फोहर व्यवस्थापन सडक छेउमा

सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले बजार क्षेत्रको फोहर सहीरुपमा व्यवस्थापन नगर्दा बजारक्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । स्वच्छ र सफा बजार बनाउन यस क्षेत्रमा उठ्ने फोहरको उचित व्यवस्थापन हुनुपर्ने बजारवासीको भनाइ छ । बजार क्षेत्र भन्दा करीब पाँच किलोमिटर तल फोहर व्यवस्थापन गर्ने ठाउँ बनाएको भए पनि व्यवस्थित नहँुदा दुर्गन्ध बढ्दै गएको छ ।

by RSS | May 06
img
आलेख :सडकले फे¥यो दैनिकी

भोजपुर नगरपालिका–१२ टक्सारका बलराम राईसँग सात वर्ष अघिसम्म दश दिन लगाएर ढाकरमा नून बोकी हिँडेका स्मृति ताजै छ । सडक विस्तार भएसँगै अहिले राईको घरमै नूनदेखि चाहिने सबै उपभोग्य सामान आउन थालेको छ । राईको घर छेउमै बाटो विस्तार पनि भइरहेको छ । त्यहाँ सडक बनाउने उपकरणहरु चलिरहेका छन् । यी गतिविधि हेरिरहँदा पनि राईलाई खुशी लाग्छ ।

by RSS | May 06
img
बाँदर आतङ्कले गाउँ खाली हुँदै

बाँदर आतङ्कले यहाँको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रममा छन् भने त्यहीँ बस्दै आएका स्थानीयवासीले पनि खेतबारी बाँझै राख्न थालेका छन् ।

by RSS | May 06
img
गरीब तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान

ख्वप कलेज तथा शारदा क्याम्पसमा स्नातक तह पहिलो र दोस्रो वर्ष, बीबीएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई आइतबार छात्रवृत्ति प्रदान गरिएको छ ।

by RSS | May 06
img
सुख्वपद्वारा छात्रवृत्ति प्रदान

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज तथा शारदा क्याम्पसले स्नातक तह पहिलो र दोस्रो वर्ष, बिबिएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आज कलेजमा आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सो छात्रवृत्ति वितरण गर्नुभएको हो ।

by RSS | May 05

Whoops, looks like something went wrong.