img
केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख मिश्रको निधन

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख प्रा शान्ति मिश्रको ८१ वर्षका उमेरमा आज निधन भएका छ । उपचारका क्रममा अमेरिकामा रहनुभएकी मिश्रको गल ब्लाडरमा भएको क्यान्सरका कारण निधन भएको उहाँका श्रीमान् नारायणप्रसाद मिश्रले जानकारी दिनुभयो ।

by RSS | May 16
img
पहिलो ओमानी सगरमाथा आरोही खालिदको निधन  

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही खालिद अल शियाबीको निधन भएको छ । ओमानबाट उनी सगरमाथा आरोहण गर्ने पहिलो ओमानी आरोही हुन् ।

by Anu Rana | May 03
img
भारत गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतवार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ ।  उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधन भएको जानकारी ट्विटरबाट दिएका हुन्। 

by Anu Rana | Mar 18
img
श्रेष्ठको निधनप्रति महासङघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वसभापति वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । “ शनिबार दिउँसो ८६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको दुःखद् खबरले महासङ्घ स्तब्ध भएको छ”, महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पूर्वसभापति श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा उहाँको बाटोमै निधन भएको थियो ।

by RSS | Mar 18
img
हृदयघातबाट पूर्व मिस टिन युनिभर्सको निधन

पूर्व मिस टिन युनिभर्स लोटे भान डेरजीको हृदयघातबाट निधन भएको छ । छुट्टि मनाउनका लागि अस्ट्रिया गएको बेला उनलाई हृदयघात भएको थियो । उनको गत बुधवार निधन भएको हो ।

by Anu Rana | Mar 11
img
हलिउड स्टार जेन माइकल भिनसेन्टको निधन

हलिउड स्टार जेन माइकल भिनसेन्टको निधन भएको छ । उनको निधनको खबर एक महिना अघी भ्एता पनि उनको बारेमा भने एक महिना पछि मात्र सार्वजनिक भएको छ । उत्तरी कारोलिना अस्पतालले शुक्रवार सार्वजनिक गरेको रिपोर्ट अनुसार हलिउड स्टार भिनसेन्टको गत फेब्रुअरी १० मा निधन भएको थियो ।

by Anu Rana | Mar 10
img
नेता पण्डितको निधनबाट नेकपा स्तब्ध

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । पार्टी महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गर्नुभएको भूमिका स्मरणीय रहेको बताउँदै पार्टीले कम्युनिस्ट आन्दोलनले एक समर्पित नेता गुमाएको उल्लेख गर्नुभएको छ । 

by RSS | Mar 07
img
वरिष्ठ पत्रकार गौतमको निधन

वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहनुभएका ६९ वर्र्षीय गौतमको गए राति निधन भएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिनुभयो । शनिबार दिउँसो मुटुमा समस्या आएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक रहनुभएका गौतम लामो समयदेखि मुटुरोगबाट पीडित रहनुभएको थियो ।

by RSS | Mar 03
img
विकासप्रेमी नेताको निधन

शनिबार राति निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी एक विकासप्रेमी नेता हुनुहुन्थ्यो । उहाँ मोरङको तत्कालीन निर्वाचन क्षेत्र नं २ बाट तीन पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । विसं २०४८ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता अधिकारीले नेपाली काङ्ग्रेसका जगत्मान आङदेम्बेलाई हराउनुभएको थियो ।

by RSS | Mar 03
img
भाषाविज्ञ पोखरेलको निधन

वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।

by RSS | Feb 24
img
प्रदेशसभा सदस्य ओलीको निधन

प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते हुनुभएको थियो । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहनुभएका ओलीको १६ दिनमा

by RSS | Feb 22
img
नेता पराजुलीको निधनप्रति दुःख व्यक्त

नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त गरेकोे छ । काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पराजुलीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । पूर्व सांसद तथा काङ्ग्रेसका पूर्व मुख्य सचिव डा शोभाकर पराजुलीका दाजु ७६ वर्षीय दण्डपाणि

by RSS | Feb 20
img
भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिजको निधन

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नाण्डेजको निधन भएको छ । राजधानी दिल्लीको अस्पतालमा उपचारको क्रममा जर्जको निधन भएको हो । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । कर्नाटकमा रहेका भाइ माइकल फर्नाण्डेज दिल्लीमा रहेको अस्पतालमा भेट्न जाँदै गरेका बेला जर्जको निधन भएको जानकारी दिनुभ्एको हो । उहा बिहान ६ बजेदेखि उनको स्वास्थ्य बिग्रिँदै गएकाले अस्पताल लगिएको थियो । 

by Anu Rana | Jan 29
img
काङ्ग्रेस नेता रेग्मीको निधन

नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहनुभएका उहाँकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो । पशुपति आर्यघाटमा आज बिहानै उहाँको अन्त्येष्टि गरिएको छ ।

by RSS | Jan 18
img
भाषासेवी नातिबज्रको निधन

नेपाल भाषाका कवि तथा भाषासेवी नातिबज्र बज्राचार्यको ८१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । साहित्य साधनाका साथसाथै बज्राचार्यले भोटाहिटी, दगुबहालमा सफू धुकू नामको पसल खोलेर नेपाल भाषाका पुस्तकहरु बिक्री गर्ने गर्नुहुन्थ्यो । उहाँका ‘सुति लः’, ‘जीवनया दुवाःतय्’ लगायतका कविता सङ्ग्रह र केही गीति एल्बम प्रकाशित छन् । 

by RSS | Jan 03
img
साहित्यकार रेग्मीको निधन

साहित्यकार हरिहर रेग्मी ‘सविता’को शनिबार राति निधन भएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो । साहित्यकार इन्द्र रेग्मीका अनुसार विसं २०२४ बाट साहित्यिक क्षेत्रमा लाग्नुभएका उहाँका महाकाव्य, कथा, कविता, काव्य गरी सात पुस्तक प्रकाशित छन् । उहाँ पछिल्लो समय मधुमेह, पेट र आँखाको समस्याबाट पीडित हुनुहुन्थ्यो ।

by RSS | Dec 23
img
पूर्वप्रधानमन्त्री गिरीको निधन

पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती सराह गिरीले जानकारी दिनुभयो । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गर्नुभएका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।

by RSS | Dec 18
img
अमेरिकी पूर्व राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा निधन  

अमेरिकाका ४१ औँ राष्ट्रपति  जर्ज एच डब्लू बुशको  निधन भएको छ ।शुक्रबार राती राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षको उमेरमा निधन भएको  हो । राष्ट्रपति जर्ज एच डब्लू बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको बताइएको छ ।

by Anu Rana | Dec 02
img
पत्रकार सिद्दीकीको निधन

नेपालगञ्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गए राति निधन भएको छ । बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष उहाँको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति ११ बजे निधन भएको हो । सिद्दीकीको अन्तिम संस्कार आज बिहीबार दिउँसो १ बजे स्थानीय कब्रिस्तानमा हुने पारिवारिक स्रोतले जनाएको छ ।

by RSS | Nov 22
img
चलचित्र निर्माता धिमालको निधन

निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गर्नुभएको छ । विसं २००३ मा काठमाडौँको आलापोटमा जन्मनुभएका धिमाल निधनअघिसम्म

by RSS | Nov 12

LATEST NEWS