img
सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो ।

by RSS | May 16
img
विकास निर्माणमा राजनीतिभन्दा माथि उठ्नु जरुरी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका लागि राजनीतिभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१४ देउराली टोलमा निर्माण गरिएको खानेपानी बोरिङ एवं पक्की भवनको आज उद्घाटन गर्दै उहाँले स्वच्छ एवं शुद्ध पानी पिउन पाउने जनताको नैङ्सर्गिक अधिकार भएको बताउनुभयो ।

by RSS | May 14
img
देशलाई स्वच्छ राजनीतिक दिशा दिन्छौँः पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताउनुभएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताउनुभयो ।

by RSS | May 08
img
राष्ट्रियसभा : नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रियसभाको आजको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

by RSS | May 08
img
नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो ।

by RSS | May 07
img
राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो

सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् । राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

by RSS | May 07
img
राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो

सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् । राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

by RSS | May 07
img
सङ्घीयताका मर्म विपरीत नीति तथा कार्यक्रमः संयोजक भण्डारी

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरत्सिंह भण्डारीले सङ्घीयताका मर्म विपरीत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको बताउनुभएको छ । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिगमनको दिशातर्फ उन्मुख भएको देखिन्छ ।”

by RSS | May 07
img
सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध – काङ्ग्रेस

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताउनुभयो ।

by RSS | May 07
img
नीति तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गरेको छ – अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनतको भावना र चाहनालाई अधिकतम सम्बोधन गरेको बताउनुभएको छ ।

by RSS | May 07
img
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

राष्ट्रियसभामा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।

by RSS | May 06
img
नीति तथा कार्यक्रम छरपष्ट र अमूर्त छ :प्रतिपक्ष

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद कृष्णभक्त पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल ’को संकल्पलाई साकार तुल्याउन वस्तुनिष्ट र ठोस ढङ्गबाट नीति तथा कार्यक्रम आएको बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले प्रत्येक कार्यक्रम समयावधि तोकेर सम्पन्न गर्ने योजनासहित आएका छन् भन्नुभयो ।

by RSS | May 06
img
‘राष्ट्रिय जागरण’लाई सफल बनाउन विविध कार्यक्रम

नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने भएको छ । पार्टीका उपसभापति एवं प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सङ्घीय संसद्मा रहेका काङ्ग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

by RSS | May 05
img
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण

नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम वस्तुनिष्ठ भएको तर त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको सांसदहरूले बताएका छन् । प्रतिनिधिसभामा आजदेखि शुरु भएको छलफलमा उनीहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका विकास–निर्माणका आयोजना तथा सरकारका लक्ष्य सराहनीय भए पनि कार्यान्वयनपक्ष चुनौतीपूर्ण हुने बताउनुभयो । सत्तारूढ दलका सांसद अग्निप्रसाद सापकोटाले त्यसको समर्थन गर्दै नेपाली मौलिकता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

by RSS | May 05
img
नीति तथा कार्यक्रममाथि संशोधन पेश

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गर्नुभएको छ । नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

by RSS | May 05
img
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

by RSS | May 05
img
नीति तथा कार्यक्रममा छलफल हुँदै

सङ्घीय संसद्को प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुँदैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

by RSS | May 05
img
नीति तथा कार्यक्रम : ‘सन् २०२२ भित्र नेपाल मध्यम आय

सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम ल्याएको छ । सङ्घीय संसद्को आजको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

by RSS | May 03
img
राष्ट्रपति भण्डारीद्वारा नीति कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को आजको संयुक्त बैठकमा उहाँले अपराह्न १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

by RSS | May 03
img
राष्ट्रपति भण्डारीद्वारा नीति कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को आजको संयुक्त बैठकमा उहाँले अपराह्न १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

by RSS | May 03

LATEST NEWS