img
बेलायती रक्षा राज्यमन्त्री आउँदै

मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

by RSS | Feb 19
img
मलेसियाका मन्त्री पशुपतिमा

नेपाल भ्रमणमा रहनुभएका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गर्नुभएको छ ।करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहनुभएका उहाँले पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गर्नुभएको थियो । मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराउनुभएको थियो ।

by RSS | Oct 29
img
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सहसचिव नवराज ढकाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको निमन्त्रणामा मन्त्री प्रधान नेपाल भ्रमणमा आउनुभएको हो ।

by RSS | Sep 28
img
बर्ष २०७४ मा भित्रिए १० लाख पयर्टक, पर्यटन क्षेत्रमा उत्साह

गत वर्षको तुलनामा विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आउने हवाई पर्यटकको संख्या बढेको छ । हालसम्म उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ ।

by Anu Rana | Apr 18
img
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारी गर्दै

भारतले दक्षिण एसीयामा बढाएको राजनीतिक दबाब चिर्नका लागि नेपालमा अनुकुल प्रधानमन्त्री ओलीका पालामा भ्रमण सिद्ध गराई पाकिस्तान सार्कमा नयाँ सम्बन्धका लागि अघि बढेको भनेर पनि टिप्पणी गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमण मिनि चीनको भ्रमण समेत भएका उच्चतहमा छलफल भएको छ । ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिएका छन् ।

by Anu Rana | Mar 11
img
सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

बलीउड सुपरस्टार सलमान खान नेपाल आउने चर्चा केही समय अगाडि देखि नै भएपनि अन्ततः उनी नेपाल आउने कन्फर्म भएको छ । ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई ३ दिनका लागि नेपाल ल्याउन लागेको हो ।उनी आफ्नो ‘दबंग टूर’ नामक कन्सर्ट लिएर झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए ।

by Anu Rana | Jan 20

LATEST NEWS