img
डेढ करोड महसुल उठ्न बाँकी

नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ ।

by RSS | May 14
img
दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ । बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भई परीक्षणसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

by RSS | May 05
img
चार्जिङ स्टेशन निर्माणका लागि प्रस्ताव आह्वान

नेपाल विद्युत् प्राधिकरणले सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गर्नका लागि सार्वजनिकरुपमा नै प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र पहिलो चरणमा चार्जिङ स्टशेन निर्माणका लागि आज सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको हो । पछिल्लो समय वातावरण विभागको संयोजनमा काठमाडौँ उपत्यकाका सात स्थानमा स्टेशन निर्माणको काम शुरु भइरहेको छ ।

by RSS | May 03
img
पहिलो पटक बिजुली बल्यो

हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो । पचास केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो ।

by RSS | May 02
img
उद्योगबाट रु चार करोडभन्दा बढी जरिवाना असुल

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ ।

by RSS | Apr 30
img
एक अर्ब ५३ करोड राजस्व

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले चालू आर्थिक वर्षको नौ महीनामा विद्युत् बिल भुक्तानीबाट रु एक अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ । हेटौँडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रकाअन्तर्गत हेटौँडामा ५४ हजार ग्राहक रहेको र उनीहरुले मासिक करीब रु १७ करोड विद्युत् खपत गरे बापत राजस्व बुझाउने गरेको बताइएको छ ।

by RSS | Apr 29
img
विद्युत् प्राधिकरणको कार्यालयभित्रै इ–सेवा

नेपाल विद्युत् प्राधिकरण कार्यालय नेपालगञ्ज वितरण केन्द्रले कार्यालय परिसरभित्रै इ–सेवा शुरु गरेको छ । नागरिकलाई विद्युुत् महसुल तिर्दा सहज होस् भन्ने उद्देश्यले इ–सेवा सञ्चालन गरिएको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताउनुभयो । नागरिकका लागि विश्राम गर्न बनाइएको प्रतिक्षालयमा रातो रङ्गको टेण्ट खडा गरी मोबाइल एपबाट रकम ट्रान्सफर गरी छिटो विद्युत् महसुल बुझाउन सकिने भन्दै उपभोक्तालाई आकर्षित गरिरहे

by RSS | Dec 28
img
करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफलमा आयोजनाको काम तीव्ररुपमा अघि बढाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हो ।

by RSS | Mar 09
img
७ प्रतिशत वृद्धिदर कायम राख्न ३० हजार मेगावाट विद्युत् आवश्यक

नेपालको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत कायम राख्ने हो भने सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको आर्थिक वृद्धिदरलाई आधार मानेर तयार पारेको एक रणनीतिक कार्ययोजनामा अबको २२ वर्षपछि विद्युत् उत्पादन क्षमता २९ हजार ४२७ हजार मेगावाट हुनुपर्ने उल्लेख गरिएको छ । 

by RSS | Feb 25
img
समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ । प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा आगामी चैतभित्रमा विद्युत् उपलब्ध गराउने वचन दिए पनि सेज आफैँले निर्माण गर्नुपर्ने सवस्टेशन निर्माणमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएको हो । 

by RSS | Jan 21
img
आलेख : ढिलासुस्तीले थलिए विकास आयोजनाहरु

चार वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०६६ देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको राहुघाट जलविद्युत् आयोजना भारतीय ठेकेदार कम्पनी आइभिआरसिएलले अधकल्चो बनाएर छोडेपछि अझै अघि बढ्न सकेको छैन । 

by RSS | Jan 08
img
विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही गरेको छ । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिनुभएको जानकारीअनुसार २०७४ साउनदेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा गरिएको छड्के अनुगमन तथा विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत रु तीन लाख ३१ हजार ७५६ राजश्व असुली समेत गरेको छ । 

by Ritesh Shah | Nov 03

LATEST NEWS