img
नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गर्नुभएको हो । “विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन,”–उहाँले भन्नुभयो ।

by RSS | Feb 18
img
नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण

नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ । बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौँ उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले नेविसङ्घलाई केन्द्रदेखि गाउँँ र टोलसम्म पु¥याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताउनुभयो । 

by RSS | Jan 04
img
काङ्ग्रेस कार्यालयमा नेविसङ्घको धर्ना

नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो । पार्टीले नेविसङ्घसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसङ्घका नेता दीपक भट्टराईले बताउनुभयो ।

by RSS | Nov 25
img
नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित

नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औँ महाधिवेशनदेखि कायम छ ।

by RSS | Oct 08
img
मूल्यवृद्धिविरुद्ध नेविसङ्घ आन्दोलित

चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर,

by RSS | Sep 24

LATEST NEWS