img
अभद्र व्यवहार गर्ने विद्यार्थी पक्राउ

प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् ।

by RSS | May 21
img
लागुऔषधसहित सात पक्राउ

लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो ।

by RSS | May 21
img
फरार अभियुक्त चार वर्षपछि पक्राउ

हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी रहेका छन् । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

by RSS | May 21
img
लुकाइछिपाइ लैजान लागेको युरोसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति आज आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेक्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो ।

by RSS | May 17
img
गाँजासहित दुई जना पक्राउ

प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–७ बाट १५० किलो गाँजा र बीआर ३० पी १४५८ नं को भारतीय जीपसहित ३७ वर्षीय सनोजराज घिमिरे र पर्साको वीरगञ्ज महानगरपालिका–१८ का २२ वर्षीय सिधु सिंहलाई पक्राउ गरिएको हो । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले दुवैलाई पक्राउ गरेको हो ।

by RSS | May 17
img
किशोरी मृत फेला, एक युवक पक्राउ

बैतडीको मेलौली नगरपालिकामा एक किशोरीको मृत्युपछि सो घटनाको सम्बन्धमा एक युवक पक्राउ परेका छन् । मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्दको मृत्यु प्रकरणमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका मेलौली नगरपालिका–१ का प्रशान्तसिंह क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो ।

by RSS | May 17
img
लागुऔषधसहित तीन पक्राउ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान, वर्ष १९ का कुर्सेद मियाँ र वर्ष ३१ का तेजबहादुर कुर्मी रहेका छन् ।

by RSS | May 17
img
सुन चोर्ने प्रधानाध्यापक पक्राउ

अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

by RSS | May 17
img
अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति पक्राउ

नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

by RSS | May 17
img
बलात्कारको अभियोगमा तीन पक्राउ

एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई पक्राउ गरेको छ ।

by RSS | May 15
img
हत्या आरोपमा पक्राउ

नारायण नगरपालिका–५ छातिकोटमा आफन्तको विवाहमा गएका युवाहरुको समूहबीच झगडा हुँदा मृत्यु भएका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या आशंकामा परेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सोमबार राति झडपमा थापाको मृत्यु भएपछि फरार रहेका दुवैलाई प्रहरीले नारायण–७ टोड्के खोला नजिक जङ्गलबाट पक्राउ गरेको हो ।

by RSS | May 15
img
बलात्कार आरोपी पक्राउ

सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घरभई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बुको सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमि–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ ।

by RSS | May 15
img
विप्लव समूहका कार्यकर्ता पक्राउ

जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले हिजो राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पु¥याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

by RSS | May 15
img
चन्दका जिल्ला इञ्चार्ज पक्राउ

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ । रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उहाँलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकाललाई पक्राउ प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

by RSS | May 14
img
प्रतिबन्धित भारतीय नोटसहित छ पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले १५ लाख ९० हजार ५०० प्रतिबन्धित भारतीय रुपैयाँसहित छ जनालाई पक्राउ गरेको छ । नेपाल तथा भारतमा कारोवार गर्न बन्देज गरिएको भारतीय एक हजार र ५०० दरका नोट बोकी विभिन्न प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गर्न सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई कामपा–१६ नयाँबजारस्थित होटल मेट्रो इनबाट गएराति पक्राउ गरिएको हो ।

by RSS | May 14
img
किशोरी हत्या आरोपमा पक्राउ

हिलिहाङ गाउँपालिकाकी १५ वर्षीया किशोरीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर फाल्गुनन्द गाउँपालिका–२ का भगिरथ बाँस्तोलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । बाँस्तोलाले प्रारम्भिक बयानमा आफू र सोही स्थान बस्ने मृतकका प्रेमी पदम तामाङ मिलेर हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

by RSS | May 13
img
एक सय २५ जना पक्राउ

नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो ।

by RSS | May 13
img
ब्राउनसुगरसहित पक्राउ

लागुऔषध ब्राउनसुगरसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया मधुवन नगरपालिका–५ श्रीकृष्ण सामुदायिक वनस्थित सडक खण्ड किनारामा लागुऔषध ब्राउन सुगर कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

by RSS | May 13
img
घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामीडाँडा सामुदायिक वन उपभोक्ता समिति बाँकेका वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनालाई रु पाँच लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

by RSS | May 13
img
बालक अपहरण गरेको आरोपमा चार पक्राउ

राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही गाउँका दुईसहित चारलाई पक्राउ गरेको छ ।

by RSS | May 12