img
पनौती सङ्ग्रहालय सङ्कटमा

ऐतिहासिक महत्व बोकेको तथा नेवार संस्कृति र पहिचानसँग जोडिएर स्थापना भएको पनौती सङ्ग्रहालय अहिले प्रविधि र ज्ञानको अभावमा सङ्कटमा परेको छ । प्राविधिक ज्ञान र प्रविधिको कमीले पुरानो अभिलेख ‘ठ्याःसफू’ हस्तलिखित पुस्तकको उचित संरक्षण हुन नसकेको सङ्ग्रहालयका सचिव राजेन्द्र महाजुले बताउनुभयो । पुस्तकमा किरा लाग्न थालेकाले लोप हुने हो कि भन्ने डर सिर्जना हुन थालेको छ ।

by RSS | Dec 12

LATEST NEWS