img
चितवन प्रदेश नं ३ को पर्यटकीय केन्द्र’

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले चितवनलाई प्रदेशको पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । जननेता मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपु–१७ गाँजीपुरमा आज आयोजित श्रद्धाञ्जलि सभा तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चितवनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

by RSS | May 20
img
मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न पहल

पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे (घरबास) रहेका छन् । सो विमानस्थलसमेत हेर्दै आउनुभएका नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार सरोकारवाला निकायले मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो देखाएका छन् ।

by RSS | May 16
img
पर्यटक गन्तव्य बन्दै कपिलधाम

कपिलमुनि ऋषिले माता देवहुतिलाई साङ्ख्य योगदर्शन प्रदान गर्नुभएको पुण्यभूमि शान्ति ध्यान केन्द्र आश्रम एवं कपिलधाम यति बेला बाह्य र आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यो महर्षिहरुले तपस्या गरेको स्थल हो । वर्तमान कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–९ भलवाडमा कपिलधाम अवस्थित छ । कपिलवस्तु जिल्लाको नामसमेत महर्षि कपिलमुनिको नामबाट राखिएको विभिन्न जानकार बताउँछन् । कपिलधाम ७२ बिघा क्षेत्रफलमा छ ।

by RSS | May 15
img
भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ ।

by RSS | May 14
img
मुस्ताङमा पर्यटकको चाप बढ्दै

मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आएका छन् । मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाइमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढी छ ।

by RSS | May 13
img
पर्यटकको पर्खाइमा तनहुँका गुफाहरु (शेष भाग)

सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ । विसं २०४४ चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर सम्लिङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।

by RSS | May 12
img
पर्यटकको पर्खाइमा तनहुँका गुफाहरु

तनहुँ जिल्लाका विभिन्न ठाउँमा रहेका गुफाहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ती गुफाहरु पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेका हुन् । गुफाको प्रचारप्रसारसँगै पूर्वाधार निर्माणमा जोड दिन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् ।

by RSS | May 12
img
सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा

पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत बनाउने प्रयास गरेको हो ।

by RSS | May 10
img
लुम्बिनीलाई आकर्षक पर्यटकीय गन्तव्य प्रवद्र्धन गरिँदै

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो ।

by RSS | May 08
img
प्रदेश सरकार र चीनबीच पर्यटकीय समझदारी हुने

प्रदेश ५ सरकारले पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने भएको छ । मन्त्रिपरिषदको आज बुटवलमा बसेको बैठकले सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो । सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तका गभर्नरले सम्झौताका लागि पत्राचार गर्नुभएको थियो ।

by RSS | May 07
img
सिमकोटलाई पर्यटकीय गन्तव्य बनाइने

कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र नभई कर्णालीका दश जिल्ला नै पर्यटनको प्रचुर सम्भावना बोकेका स्थान हुन् । हुम्ला कैलाश मानसरोवर दर्शन मार्ग भएकाले सिमकोट गाउँपालिकालाई मुख्य पर्यटकीय गन्तव्य बनाइने सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताउनुभयो । बाह्य पर्यटक बढी आउने समय जेठ र असारदेखि शुरु हुन्छ ।

by RSS | May 07
img
कुमारी झरना पर्यटकको रोजाइमा

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको कुमारी झरनाको रुपमा परिचित नारच्याङ झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको छ । पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने निकै सुन्दर, आकर्षक र मनमोहक झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

by RSS | May 06
img
पर्यटक सत्कारमा रमाउँछन् घलेगाउँवासी

विविधताको खानी हो स्मार्ट भिलेज घलेगाउँ । शीरमा सेतो हिमाल । मध्य माग जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको घलेगाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा निकै महत्वपूर्ण मानिएको छ यो गाउँ । जिल्लाको उत्तरी भेगको लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित घलेगाउँ क्होलासोथर गाउँपालिका ३ नम्बरमा पर्दछ । जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् यस गाउँमा ।

by RSS | May 03
img
हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको हो ।

by RSS | May 03
img
पर्यटक प्रवद्र्धन अभियान चलाइने

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् ।

by RSS | May 02
img
खप्तड आउने पर्यटक बढे

खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटक भित्रिनेक्रममा वृद्धि भइरहेको छ । यहाँका विभिन्न हराभरालेक, तालतलैया तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न पछिल्लो समय यो निकुञ्ज पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।

by RSS | Apr 30
img
शुक्रबारदेखि पर्यटन ‘मार्ट’

नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ ।

by RSS | Apr 25
img
पर्यटक लोभ्याउँदै इर्लुङ झरना

स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो । स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना पर्यटकीय दृष्टिबाट अन्यन्त महत्वपूर्ण रहे पनि उचित प्रचारप्रसारको अभावमा अपेक्षित विकास भने हुनसकेको छैन ।

by RSS | Mar 28
img
पर्यटक भित्र्याउन पूर्वाधारमा जोड दिनुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको आज विहान स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले भौतिक पूर्वाधार निर्माण गर्न सके यहाँ आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत सबैको सहयोग, समन्वय र सहकार्यको खाँचो रहेको बताउनुभयो । 

by RSS | Feb 14
img
पर्यटकीय पार्कको डिपिआर तयार

पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण हुन लागेको जैविक पर्यटकीय पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र निर्माण हुन लागेको सो पार्कको डिपिआर निर्माण सकिएको हो । डिपिआर निर्माणसँगै एक महीनाभित्र निर्माणको काम शुरु गरिने उपभोक्ता समूहका अध्यक्ष केदार आचार्यले जानकारी दिनुभयो ।

by RSS | Feb 05