img
पर्यटन प्रवद्र्धन विशेष प्राथमिकतामा

कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । होटल एशोसिएशन अफ नेपाल (हान) को ४६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटनका अवसरमा उहाँले पर्यटकीय पूर्वाधार निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।

by RSS | May 10
img
पर्यटन प्रवद्र्धनका लागि सात परिपथ बनाइँदै

राप्ती नगरपालिकाका सात पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवद्र्धनको काम शुरु गरिएको छ । नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लागिएको हो । नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक वनलाई खुला चिडियाखानाको रुपमा विकास गरिँदैछ । त्यसको पूर्वतर्फ रहेको दृश्यावलोकन स्तम्भ र वागीश्वरी मन्दिरलाई व्यवस्थित गरिँदैछ ।

by RSS | May 07
img
सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन गर्न कार्यविधि

वन तथा वातावरण मन्त्रालयले पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी पर्यापर्यटन सञ्चालन गर्न कार्यविधि जारी गरेको छ । ‘सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन कार्यविधि, २०७५’ ले सामुदायिक वनमा जैविक विविधता संरक्षण र स्थानीय उपभोक्ताको मौलिक सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा टेवा पुग्ने गरी पर्यापर्यटन सञ्चालन गर्न योगदान पुग्ने छ ।

by RSS | Feb 08
img
पर्यटन प्रवद्र्धनका लागि लगानी बढाउन विज्ञको सुझाव

नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना बोकेका कारण पर्यटन क्षेत्रमा लगानी बढाउन विज्ञले सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले शनिबार लुम्बिनीमा आयोजना गरेको एक दिवसीय गोष्ठीमा बोल्दै उनीहरुले नेपालको पर्यटनको आधार नै बौद्धदर्शन भएकाले यसलाइ प्रवद्र्धन गर्न जरुरी रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालको पर्यटन प्रवद्र्धनका लागि बौद्ध पर्यटनमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

by RSS | Jan 13
img
गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा सिम्खडा

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को अध्यक्षमा ध्रुव सिम्खडा विजयी हुनुभएको छ । मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा निर्वाचित हुनुभएको छ ।

by RSS | Aug 01
img
घरबासमार्फत समृद्धि खोज्दै हिमालपारिको ताचै गाउँ

हिमालपारिको जिल्ला मनाङको नासौँ गाउँपालिका–८ स्थित ताचै गाउँमा होमस्टे (घरबा¬स) कार्यक्रमका माध्यमबाट आर्थिक समृद्धितर्फ लम्कने तयारी गरिएको छ । समुद्री सतहबाट लगभग दुई हजार ३०० मिटरको उचाइमा अवस्थित रमणीय ताचै गाउँमा घरबास सञ्चालन गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी त्यहाँको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासीले तयारी थालेका हुन् । 

by RSS | Mar 16

LATEST NEWS