img
‘एक्सपेरियन्स नेपाल क्याम्पियन’ शुरु

विश्वका विभिन्न राष्ट्रबाट नेपालमा पर्यटक भित्र्याउने प्रयासस्वरूप ‘एक्सपेरियन्स नेपाल’ नाराका साथ विश्वव्यापी अभियान (क्याम्पियन) शुरु गरिएको छ । नेपाल भ्रमण वर्षको सन्दर्भमा प्रभावकारी प्रर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले हिमालयन बैंक र अमेरिकी एक्सप्रेससँग सहकार्य गर्दै विश्वव्यापी रूपमा अभियान शुरु गरेको हो ।

by RSS | May 17
img
पर्यटन प्रवर्द्धन अभियान शुरु

नेपाल भ्रमण वर्षलाई लक्षत िगरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हमािलयन बैंक र अमेरकनि एक्सप्रेसको समन्वय र सहकार्यमा ॅएक्स्पेरयन्सि नेपाल’ अभयािन शुरु भएको छ । अमेरकनि एक्सप्रेस कार्ड प्रयोगकर्ता वदेिशीलाई स्वदेशी प्राकृतक िसौन्दर्यता, मौलकतिा र ववधितिाका बारे जानकारी गराई नेपालमा भ्रमणका लाग आिकर्षत िगर्ने अभयािनको मुख्य उद्देश्य हो ।

by RSS | May 16
img
पर्यटन क्षेत्रको सुरक्षा आवश्यक

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक रहेको बताइएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले बुधबार आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष–२०२० र पर्यटन सुरक्षामा सरोकारवाला निकायको झूमिका’ विषयक कार्यक्रमका वत्ताले सुरक्षित वातावरण निर्माण भए मात्र पर्यटक आगमन बढ्ने बताएका हुन् ।

by RSS | May 16
img
लुम्बिनी भ्रमण वर्षले पर्यटन विकासको आधार तयार हुन्छ : मुख्यमन्त्री

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बनी भ्रमण वर्षले पर्यटन विकासको आधार तयार हुने बताउनुभएको छ । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको तयारी सम्बन्धमा छलफल गर्न आज बुटवलमा बसेको मूल समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भ्रमण वर्ष अवधिमा लुम्बिनी र बुद्ध सर्किटबारे पर्यटकलाई बुझाउन सके पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने बताउनुभयो ।

by RSS | May 12
img
पर्यटन प्रवद्र्धन विशेष प्राथमिकतामा

कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । होटल एशोसिएशन अफ नेपाल (हान) को ४६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटनका अवसरमा उहाँले पर्यटकीय पूर्वाधार निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।

by RSS | May 10
img
सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा

पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत बनाउने प्रयास गरेको हो ।

by RSS | May 10
img
भारतको सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा

दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ ।सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्र्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा पर्यटकीय साझेदारीका विषयमा जोड दिइएको थियो ।

by RSS | May 09
img
लुम्बिनी भ्रमण वर्षलाई सहयोग गर्ने

तनहुँको व्यास नगरपालिकाले प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ लाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भ्रमण वर्षको प्रचारप्रसारका लागि आज तनहुँको दमौली आइपुगेको टोलीलाई स्वागत गर्दै नगरपालिकाका उपप्रमुख मीरा जोशीले भ्रमण वर्षलाई सफल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

by RSS | May 08
img
म्याग्दीका सात सामुदायिक वनमा पर्यापर्यटन

हिमालका कारण पर्यटकीय जिल्लाको रुपमा परिचित म्याग्दीका वन क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्न योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाका सातवटा सामुदायिक वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको हो । सामुदायिक वन क्षेत्रलाई पर्यापर्यटन क्षेत्रका रुपमा विकास गरी आम्दानी गर्ने, वनको कोष वृद्धि गर्ने तथा धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यापर्यटन कार्यक्रम लागू गरिएको हो ।

by RSS | May 08
img
पर्यटन प्रवद्र्धनका लागि सात परिपथ बनाइँदै

राप्ती नगरपालिकाका सात पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवद्र्धनको काम शुरु गरिएको छ । नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लागिएको हो । नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक वनलाई खुला चिडियाखानाको रुपमा विकास गरिँदैछ । त्यसको पूर्वतर्फ रहेको दृश्यावलोकन स्तम्भ र वागीश्वरी मन्दिरलाई व्यवस्थित गरिँदैछ ।

by RSS | May 07
img
३९ जातजातिका संस्कृति वृत्तचित्रमा

तनहुँको व्यास नगरपालिकामा बसोबास गर्ने ३९ जातजातिका संस्कृति समेटेर वृत्तचित्र तयार गरिएको छ । शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपाल संस्थाले व्यास नगरपालिकाको सहयोगमा सो वृत्तचित्र तयार गरेको हो ।

by RSS | May 06
img
‘लुम्बिनी बुद्धिज्म एण्ड टी रिसर्च सेन्टर’ स्थापना

बुद्ध दर्शन र चिया संस्कृतिको सँगसँगै अध्ययन अनुसन्धान गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘लुम्बिनी बुद्धिजम एण्ड टि रिसर्च सेन्टर’ शुभारम्भ गरिएको छ । बुद्ध दर्शन र चिया संस्कृतिको अध्ययन अनुसन्धान गर्नका लागि खोलिएको सेन्टरको बिहीबार नेपाल पर्यटन बोर्डमा शुभारम्भ गरिएको हो ।

by RSS | May 03
img
के, किन, कसरी पढ्ने

शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपाल(सोसियल अवेरनेस थ्रु अडियो एण्ड भिज्युअल नेपाल) नामक संस्थाले पोखराका विद्यालय तहमा अध्ययनरत विद्यार्थीको लागि उत्प्रेरणा दिएको छ । विद्यार्थीका लागि उपयोगी विषयमा केन्द्रित रहेर के पढ्ने, किन पढ्ने, कसरी पढ्ने, कस्ता साथी बनाउने, कस्तो बानी व्यहोरा अपनाउने लगायत विषयमा उत्प्रेरक डा ताराजी र उपेन्द्र पौडेलले प्रस्तुति दिनुभएको थियो ।

by RSS | May 03
img
हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको हो ।

by RSS | May 03
img
पर्यटक प्रवद्र्धन अभियान चलाइने

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् ।

by RSS | May 02
img
हिमाल आरोहणः दुई महीनामै ५० करोड ‘रोयल्टी’

संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ । यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् ।

by RSS | Apr 30
img
समृद्धिको प्रमुख आधार पर्यटन–मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनबाटै प्रदेशको समृद्धि र विकास सम्भव भएकाले पोखराको पर्यटनमा महत्वपूर्णस्थान ओगटेको फेवातालको संरक्षणमा सरकार लागि परेको बताउनु भएको छ । पोखरा १७ ड्यामसाइडस्थित फेवातालको किनारामा निर्माण गरिने माछापुच्छ्रे हिमाल प्रतिविम्बित पार्क आज शिलान्यास गर्दै उहाँले यहाँका पर्यटकीय सम्भावनालाई ऊजागर गर्न सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ भन्नुभयो ।

by RSS | Apr 29
img
शुक्रबारदेखि पर्यटन ‘मार्ट’

नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ ।

by RSS | Apr 25
img
पर्यटनसँग जोडिँदै मह शिकार

परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका–१० रमुवामा यही वैशाख १९ गते मह शिकार गरिँदैछ ।

by RSS | Apr 25
img
शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि हुने  

जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागेको शुक्लाफाँटा पर्यटन महोत्सवको तयारी सुरु भ्एको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको छ ।

by Anu Rana | Mar 21

LATEST NEWS