img
सहज बन्दै पुनःनिर्माण

नुवाकोटका २३ हजार ८८ सय घरधुरीलाई सामाजिक तथा प्राविधिक सहजीकरण तथा परामर्श प्रदान गर्न नुवाकोट जिल्लामा सञ्चालित परियोजनाले उद्देश्यअनुरुप सबै सुविधा घरधनीलाई प्रदान गर्न थालेको छ । उक्त परियोजनालाई युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस(युएनओपिएस)ले भारत सरकारको आर्थिक सहयोगमा कार्यान्वायनमा ल्याएको हो ।

by RSS | May 21
img
पुनःनिर्माणका लागि नब्बे हजार क्युफिट काठ वितरण

टिम्बर कर्पोरेशनले काठमाडौँ उपत्यकाको घर पुनःनिर्माणका लागि ९० हजार क्युफिट चिरान काठ वितरण गरिएको जनाएको छ । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका दुई हजार ४५० घर पुनःनिर्माणका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त परिणामको काठ वितरण गरिएको हो ।

by RSS | May 16
img
नागार्जुनमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण

‘गोरखा भूकम्प’ गएको चार वर्ष बितिसक्दा नागार्जुन नगरपालिकामा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले मात्रै घर निर्माण सकाएर तेस्रो किस्तावापतको रकम लिएका छन् । नगरपालिकामा पुनः निर्माणका लागि लाभग्राही चार हजार २८८ रहेकामा एक हजार १५५ को मात्रै निजी आवास पुनःनिर्माण सकिएको नगरपालिकाले जनाएको छ ।

by RSS | May 14
img
टोखामा पाँचसय घर पुनःनिर्माण

ऐतिहासिक र धार्मिक महत्वको स्थान टोखा नगरपालिकामा भूकम्पपछि ५०० घर पुनःनिर्माण गरिएको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएका एक हजार ७४५ घरमध्ये ५०० घरमात्र पुनःनिर्माण भएको हो ।

by RSS | May 14
img
देवघाटमा १६ कुटीको पुनःनिर्माण

विनाशकारी भूकम्पले भत्किएका देवघाटका १६ कुटीको पुनःनिर्माण गरिएको छ । ५२ कुटीमध्ये १६ कुटी पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो । भवनको मङ्गलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण गर्नुभएको छ । निर्धारित समयभन्दा केही दिन अगाडि नै कुटी निर्माण सम्पन्न गरिएको हो ।

by RSS | May 08
img
पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति

‘दि टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड’ले भूकम्पबाट क्षति भएका निजी घर र सम्पदाको पुनःनिर्माणका लागि हालसम्म एक लाख चार हजार ११२ घनफिट परिमाणको चिरान काठ आपूर्ति गरिसकेको जनाएको छ ।

by RSS | May 07
img
काममा फर्किए पुनःनिर्माणका प्राविधिक

भूकम्पपछिको पुनःनिर्माणमा कार्यरत प्राविधिक काममा फर्कन सहमत भएका छन् । नेपाल इञ्जिनीयर्स एसोशियसनको मध्यस्थतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच आज भएको छलफलमा प्राविधिकले आफ्ना माग सम्बोधन भएकाले काममा फर्कने प्रतिबद्धता जनाएका हुन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडितको संवेदनशीलता र पुनःनिर्माणको महत्वलाई विशेष ध्यान दिन तथा स्थानीय तहमा पुनःनिर्माणको नेतृत्व लिन प्राविधिकलाई निर्देशन दिनुभयो ।

by RSS | Apr 29
img
गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुखको आग्रह

सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएको छ । भूकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज बिहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

by RSS | Apr 26
img
‘भूकम्पको घर त्यो, मेरो घर यो’

“अहिले पनि भूकम्पको घर त्यो, मेरो घर यो भनेर अनुदानमा बनेको घरलाई पर र पुरानो घरलाई आफ्नो भनेर देखाउने अवस्था कायमै छ, पुरानै घरमा बसिरहेको अवस्था पनि छ, यस्तो अवस्थामा अर्काे विपत् आइपर्दा जोखिमको चिन्ता छ ।” ट्रान्परेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष सोमराज रेग्मीले भूकम्पबाट अति प्रभावित १४ जिल्लाको अध्ययनमा आएका विषयवस्तुबारे जानकारी दिनुभयो ।

by RSS | Apr 26
img
गोरखामा ४९ हजार घरको पुनःनिर्माण

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिनुभयो ।

by RSS | Apr 25
img
चार वर्षमा पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण

भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी–साङ्बा २७.४ किमी र काठमाडौँको साँखु–पालुवारी–नगरकोटको १०.१ किमीको काम सकिएको हो ।

by RSS | Apr 25
img
दक्षिणकालीका एक हजार २३ घर पुनःनिर्माण

दक्षिणकाली नगरपालिकामा एक हजार २३ घर पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ८४ घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो । नगरपालिकाका प्रवक्ता अमृका बलामीले भूकम्पले क्षति पु¥याएका चार हजार ८४५ घरपरिवारमध्ये तीन हजार ७२० घरपरिवारले पहिलो किस्ता र एक हजार ४६६ घरपरिवारले दोस्रो किस्ता लिएका जानकारी दिनुभयो ।

by RSS | Apr 08
img
हालसम्म चार हजार विद्यालय पुनःनिर्माण

विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण व्यवसायीमार्फत ३१४

by RSS | Mar 12
img
२३ करोड रुपैयाँ लाभग्राहीबाट फिर्ता

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले बताउनुभयो ।

by RSS | Mar 10
img
काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

भूकम्पले क्षति पु–याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो । “गएको १०/१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भन्नुभयो, “काठ नभएकाले काम रोकिएको भन्ने सुनेका छौँ ।” 

by RSS | Mar 06
img
रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन

रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको व्यवस्थित तथा समन्वयात्मक ढङ्गले पुनःनिर्माण गर्न रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा पुरातत्व विभागका महानिर्देशक, काठमाडौँ महानगरपालिकाले तोकेका तीन जना जनप्रतिनिधि रहने जनाइएको छ । 

by RSS | Feb 28
img
गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न सकेको छैन् । पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । 

by RSS | Feb 17
img
पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न ज्ञवाली पाकिस्तानमा

नेपाल र पाकिस्तानको पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राति पाकिस्तान प्रस्थान गर्नुभएको छ । पाकिस्तानको इस्लामाबाद र लाहोरमा रहनुहुँदा उहाँले त्यहाँका मन्त्रीहरू, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, विज्ञ लगायतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ । 

by RSS | Feb 05
img
काष्ठमण्डप पुनःनिर्माणको काम हुँदै

काष्ठमण्डप पुनःनिर्माणको काम सन्तोषजनकरुपमा अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म १२ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गर्ने बताउनुभयो । अध्यक्ष शाक्यले भन्नुभयो, “निर्माणका लागि अहिलेसम्ममा ८१४ दशमलव ५२ क्युविक फिट काठ प्राप्त भइसकेको छ ।”

by RSS | Jan 25
img
स्वास्थ्य चौकी भवन पुनःनिर्माण

जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रघुवर चौप्रधानका अनुसार रविओपी, महेन्द्रज्योति, रयाले, खरेलथोक, ज्याम्दी र चण्डेनीमण्डनमा २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकी भवनको पुनःनिर्माण गरिएको हो ।

by RSS | Dec 25

LATEST NEWS