img
केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख मिश्रको निधन

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख प्रा शान्ति मिश्रको ८१ वर्षका उमेरमा आज निधन भएका छ । उपचारका क्रममा अमेरिकामा रहनुभएकी मिश्रको गल ब्लाडरमा भएको क्यान्सरका कारण निधन भएको उहाँका श्रीमान् नारायणप्रसाद मिश्रले जानकारी दिनुभयो ।

by RSS | May 16
img
‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ । निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्रमा नगरपालिकाभित्र के–के काम गरे भन्ने विषयलाई लिएर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।

by RSS | May 15
img
ललितपुरमा ऊर्जासम्बन्धी पाठ्यपुस्तक लागू

दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले महाङ्काल गाउँपालिका–३ गोटीखेलको महाङ्काल माविमा आधारभूत तहमा अध्ययन गर्ने ८५५ विद्यार्थीलाई नवीकरणीय ऊर्जा विषयका नयाँ पाठ्यपुस्तक हस्तान्तरण गरिएको छ । सामाजिक शिक्षा विषयअन्तर्गत २० प्रतिशत पाठ्यांश स्थानीय सरकारले समावेश गरी लागू गर्न सकिने नीतिअनुरुप विद्यालयलाई ती पुस्तक हस्तान्तरण गरिएको सहकारीले जनाएको छ ।

by RSS | May 10
img
गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु

जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ शुरु गर्ने योजना गाउँपालिकाले बनाएको छ ।

by RSS | May 05
img
पुस्तक मेला चाहने चिनियाँ वयस्क ६७ प्रतिशत  

चीनको ग्रामीण तथा शहरी क्षेत्रमा ६७ प्रतिशत वयस्कले पुस्तक मेलाप्रति रुची राख्ने गरेको पाइन्छ ।

by Anu Rana | Apr 17
img
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण

चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका पुस्तकमा पाठ्यसामग्री, डिस्नेरी (शब्दकोष), साहित्य र संस्कृत शिक्षा सम्बन्धी रहेको गुठीका अध्यक्ष दामोदरप्रसाद गैरेले जानकारी दिनुभयो । गुठीले अहिलेसम्म रु ३२ लाख ८६ हजार ६३३ मूल्य बराबरका २६ लाख ४६२ थान पुस्तक हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो ।

by RSS | Apr 17
img
कैदीका लागि पुस्तक सङ्कलन

जिल्ला कारागारका कैदीका लागि पुस्तक सङ्कलन अभियान थालिएको छ । कर्णाली प्रदेश प्रहरीको कार्यक्रमअन्तर्गत कैदीका लागि पुस्तकालय स्थापना गर्न पुस्तक सङ्कलन गरिँदै आएको छ । जिल्ला प्रहरी कार्यालयले गत पुस २५ गतेदेखि सञ्चालन गरेको सो अभियानअन्तर्गत हालसम्म पाँच सय पुस्तक सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

by RSS | Feb 12
img
लम्बियो पुस्तक प्रदर्शनी

आगन्तुकको सङ्ख्या बढिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनी लम्ब्याएर एक महीना गर्ने भएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा १५ पुसदेखि पुस मसान्तसम्म भनिए पनि अब माघ १५ सम्मै प्रदर्शनी चल्ने प्रतिष्ठानले जनाएको छ । पुस्तक किन्नेको आगमन अपेक्षा गरेभन्दा उल्लेखीय रहेको पुस्तक प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले बताउनुभयो ।

by RSS | Jan 14
img
‘शिक्षाका ती दिन’ विमोचन

शिक्षाविद् एवं साहित्यकार पुष्पराज पौडेलको ‘शिक्षाका ती दिन’ पुस्तकको विमोचन गरिएको छ । हेड्स नेपालद्वारा शनिबार पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रितले उक्त पुस्तक विमोचन गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री प्रश्रितले पुस्तकले नेपालको विगत पाँच दशक अगाडिको शिक्षण अवस्थालाई चित्रण गरेको बताउनुभयो ।

by RSS | Dec 23
img
संखुवासभामा ‘जुनकीरी पुस्तकालय’

सिर्जनसिल युवाहरुले तीन बर्ष अघि स्थापना गरेको संस्था ‘जुनकिरी अवीश्रान्त उज्यालो’ ले नियमित रुपमा सामाजिक सेवाका कामलाई निरन्तरता दिदै आईरहेको छ । यस पटक संखुवासभास्थित खाँदबारी सामुदायिक तथा गुठीद्वारा संचालित बरुण सेकेन्डरी स्कुलमा जुनकीरीले पुस्तकालय स्थापना गरेको छ । जुनकिरीका अध्यक्ष प्रशान्त शर्माका अनुसार ‘काठमाडौंमा केन्द्रीत नभएर उपत्यका बाहिर पनि काम गर्ने सोचले पुस्तकालय स्थापना गरिएको हो ।

by RSS | Oct 07
img
देवघाटको पुस्तकालय नमूना

तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा रहेको सार्वजनिक पुस्तकालय जिल्लाकै नमूना बनेको छ । देवघाटलाई पूर्वीय दर्शनको अध्ययन केन्द्र बनाउने उद्देश्यले २०६३ सालमा स्थापना गरिएको सो उक्त पुस्तकालय देवघाटकै गहना मानिन्छ । सञ्चालक समितिका सदस्यले व्यक्तिगतरुपमा १०/१० पुस्तक उपलब्ध गराएर स्थापना गरेको सो पुस्तकालयमा हाल पाँच हजारभन्दा बढी पुस्तक छन् । पुस्तकालयमा बढीजसो संस्कृत र धार्मिक पुस्तक छन् ।

by RSS | Sep 19
img
आलेख : पुस्तकालय छन्, पाठक छैनन्

सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ । ऐतिहासिक महत्व बोकेको ६७ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ । “पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ्चालनमा कुनै ध्यान दिएको छैन” – भद्रपुरबाट

by RSS | Aug 29
img
पुस्तकालयमा दुई पक्षबीच विवाद

बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ । वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् । “केही आजीवन सदस्यको विरोधका बाबजुद १७औँ साधारणसभा गर्नु, सदस्यताको टुंगो लगाउन नसक्नु र पुस्तकालय जस्तो पवित्र संस्थामा चरम राजनीतिक गुटबन्दी गर्न खोज्नु नै मुख्य विवादको कारण हो”,

by RSS | Aug 12
img
विद्युतीय पुस्तकालय विकास गर्दै कीर्तिपुर

कीर्तिपुर नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्युतीय पुस्तकालयको विकास गर्ने भएको छ । नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई पछिल्ला विकास प्रविधिमा आबद्ध गरी नवीनतम् ज्ञान उपलब्ध गराउने नीतिअनुसार उक्त पुस्तकालय स्थापना हुन लागेको छ । विद्युतीय माध्यमबाट पुस्तकलाई पढ्न सकिने व्यवस्था नै विद्युतीय पुस्तकालय हो ।

by RSS | Aug 09
img
दयनीय अवस्थामा पहिलो पुस्तकालय

भूकम्पले भवन भत्किएर सेवा ठप्प भएको नेपालको पहिलो नेपाल राष्ट्रिय पुस्तकालय अझै सञ्चालन हुन सकेको छैन । भवन नबन्दा पूर्णरुपमा सेवा शुरु गर्न नसकिएको पुस्तकालयले जनाएको छ । पुस्तकालयका पुस्तक तीन ठाउँमा रहेको पुस्तकालयका अधिकृत शिवकुमार श्रेष्ठले बताउनुभयो । कालोपुलस्थित महेन्द्र भवन माध्यामिक विद्यालय, सानोथिमिस्थित शैक्षिक जनशक्ति विकास केन्द्र र पुस्तकालयको बाल शाखामा पुस्तक राखिएको

by RSS | Aug 03
img
नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय नुवाकोटमा

रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ । नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत नौवटा कक्ष र चारवटा पहुँचयोग्य शौचालय हालै निर्माण गरिएको छ । जनजागरण सामुदायिक पुस्तकालयको

by RSS | May 24
img
‘समृद्ध नेपालको मार्गचित्र’ सार्वजनिक

स्थानीय विकासको सेरोफेरोलाई समेटेर तयार पारिएको ‘समृद्ध नेपालको मार्गचित्र’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, साझा पार्टीका नेता गोविन्दनारायण तिमिल्सिनालगायतले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गर्नुभएको हो । 

by RSS | Jan 15
img
नेपाल नयाँ युगमा प्रवेश गर्न लागेको छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मुलुकको संक्रमणकालीन राजनीति समाप्त भएर जाने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा आयोजित आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्वाचनपछि संविधान कार्यान्वयनका सुखद परिणाम आउने र मुलुक समृद्धितर्फ जानेछ भन्नुभयो । 

by RSS | Dec 14