img
प्रजातन्त्र जीवनमरणको सवाल : देउवा

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताउनुभएको छ । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको आज उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताउनुभयो । प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले

by RSS | Feb 20
img
प्रजातन्त्र दिवसमा अन्तक्र्रिया

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूलसमारोह समितिको आयोजनामा भएको कार्यक्रममा वक्ताले शहीदले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । भरतपुर महानगरपालिकाकहा प्रमुख रेनु दाहालले विभिन्न चरणमा भएका आन्दोलनका बलले नेपालमा युगान्तकारी राजनीतिक परिवर्तन प्राप्त भएको भन्दै यसलाई संस्थागत गर्दै विकास, रोजगार र सुशासनमार्फत

by RSS | Feb 19
img
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको

by RSS | Feb 19
img
राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति भण्डारी सरिक

राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । 

by RSS | Feb 19
img
राप्रपाको घरदैलो

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कमल थापाले बताउनुभयो । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महङ्गी अन्त्यका लागि घरदैलो कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । 

by RSS | Jan 14
img
राजा वीरेन्द्रको नाममा उत्पादित ‘वीरेन्द्र वियर’ प्रति राप्रविसंको आपत्ति

नेपालीका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नामलाई ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डको कम्पनीले बेचिरहेको छ । ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बेचिरहेको उक्त कम्पनीको बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि छ ।

by Anu Rana | Apr 29
img
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन

“प्रजातन्त्रको अनुभूति गर्न पाउनु त टाढाको कुरा हामीले फागुन ७ गते प्रजातन्त्र दिवस पर्छ भन्नेसमेत थाहा पाएका छैनौँ”, रोल्पा नगरपालिका स्थायी घर बताउने सुकमाली डाँगीले भन्नुभयो । ५० वर्षीया डाँगी शहीदपत्नी हुनुहुन्छ । सशस्त्र युद्धका समयमा श्रीमान्को हत्या भएपछि डाँगी तीन छोरा र एक छोरीसहित जिल्ला सदरमुकाममा मजदूरी गर्दै आउनु भएको छ ।

by RSS | Feb 20
img
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै विभिन्न चरणमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेशअनुरूप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने बताएकी छन्। प्रजातन्त्र दिवस- २०७४ का अवसरमा साेमबार उनले शुभकामना सन्देश दिँदै भनेकी छन्, 'हामीले प्राप्त गरेका उपलब्धिको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो।

by R. sharma | Feb 19
img
निर्माण सामग्रीमा मूल्यवृद्धि रोक्न माग

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका बेला सिमेन्ट र छडलगायत निर्माण सामग्रीमा भएको अचानक मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ । 

by RSS | Jan 23
img
सातै प्रदेशमा संयोजकको जिम्मेवारी

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ । 

by RSS | Jan 18
img
केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ । मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व र पहिचानलाई परिवर्तित अवस्थामा कायम गर्ने विषयमा उक्त बैठकमा छलफल हुनेछ । 

by RSS | Jan 16
img
राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ । बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ । 

by RSS | Jan 03
img
राजतन्त्र र गणतन्त्रको अन्योलबीच राप्रपाको पराजय

आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ । यही मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले सो पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक सिद्धान्तलाई कार्यान्वयन नगरिएकाले जनताले अनुमोदन गरेको पाइएन । 

by RSS | Dec 12
img
राप्रपाले : ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा राख्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्रमा ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा समेट्ने भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि निर्माण गर्न लागिएको घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रुपमा समावेश गरिन लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । 

by Ritesh Shah | Nov 03

LATEST NEWS