img
प्रमले प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै हुनुहुन्छ । बैठकलाई प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि आजै अन्त्य हँुदैछ । यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गर्नुभएको थियो ।

by RSS | Mar 24
img
भूउपयोग र विशेष आर्थिक क्षेत्र विधेयक पारित

प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ । प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले क्रमशः ती विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

by RSS | Mar 10
img
प्रतिनिधिसभामा पाठक र पशुपति

प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ । भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । उहाँहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिनुुुुुुुुुुुुुुुभयो ।

by RSS | Feb 18
img
हिउँदे अधिवेशन शुरु

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

by RSS | Dec 26
img
शून्य समय

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा सार्वजानिक गर्न सरकारसित माग गर्नुभयो । उहाँहरुले लमजुङ् जिल्लाको उत्तरी भेगमा भदौ २७ गते गएको पहिरोमा परी मृत्य भएका परिवारलाई राहतको व्यवस्था मिलाउन, सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयलाई स्तरोन्नति गर्न र नेपाली बैँकमा रहेको रु आठ करोड भारतीय नोट सटही व्यवस्था मिलाउन

by RSS | Sep 16
img
प्रतिनिधिसभा बैठक : शोकप्रस्ताव पारित

प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग–यो । बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा

by RSS | Aug 05
img
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५-७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताउनुभयो । 

by RSS | May 24
img
नेता महराद्वारा सभामुखको उम्मेद्वारी दर्ता

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । केहीबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उहाँले सभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो । 

by RSS | Mar 09
img
राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठद सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । ठाकुरले मातृभाषा मैथिली भाषा र भट्टले नेपाली भाषामा शपथ लिनुभएको थियो । गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो । 

by RSS | Mar 04
img
सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले दोस्रो मधेश आन्दोलनाका शहीद परिवारसँग भेट गरी सिरक प्रदान गर्नुभएको छ । मधेस आन्दोलन ११ औं वर्ष पुगेको अवसरमा उहाँले शहीद रामविवेक यादव, अमित कापर, वीरेन्द्र बिच्छालगायतका परिवारलाई सिरक प्रदान गर्नुभएको हो । 

by RSS | Jan 19
img
काठमाडौँ जिल्लाका १५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए

काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिनुभयो । 

by RSS | Jan 17
img
प्रतिनिधिसभामा आकासे निलो र राष्ट्रियसभामा रातो रङका कुर्सी

व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ । सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र कार्पेट प्रयोग हुनेछ । 

by RSS | Jan 03
img
दूधकोशीबाट पानी तान्ने योजना

खोटाङबाट नवनिर्वाचित सभासद्ले राजनीतिक विषय समाप्त भइसकेकाले अब आफूहरु खोटाङको विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँ आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले आफ्नो जिल्ला भौगोलिक रुपमा विकट तथा पूर्वाधारमा पछाडि परेकाले त्यसको विकासका लागि आफूहरु निरन्तर लाग्ने बताउनुभयो । 

by RSS | Dec 26
img
जनतासँग गरिएका वाचा पूरा गर्नेछ : नेता नेम्वाङ

नेकपा (एमाले)का नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताउनुभएको छ ।

by RSS | Dec 13
img
छैटौँ पटक सुनसरी–३ बाट गच्छदार विजयी

छैटौँ पटक सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उमेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको छ । आज मध्याह्न सार्वजनिक मत परिणामअनुसार ३२१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । शुरुदेखि विपक्षी उम्मेदवारको अग्रताका बाबजुद पनि नेता गच्छदार अन्ततः झिनो मतअन्तरले विजयी हुनुभयो । 

by RSS | Dec 13
img
प्रतिनिधिसभाका १५७ र प्रदेशसभाका ३१८ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १५७ र प्रदेशसभा सदस्यतर्फ ३१८ प्रतिनिधि निर्वाचित भएका छन् । 

by RSS | Dec 12
img
हालसम्म १५७ सिटको नतिजा सार्वजनिक

प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । 

by RSS | Dec 12
img
राष्ट्रियसभा सदस्य बन्ने कुरा पूर्णतः असत्य होः निधि

नेपाली काँग्रेसका नेता एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो बारेमा राष्ट्रियसभा सदस्यका प्रशंग कपोलकल्पित भएको बताउनुभएको छ । 

by RSS | Dec 01

LATEST NEWS