img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।

by RSS | May 21
img
प्रशासनिक संरचनासम्बन्धी प्रतिवेदन हस्तान्तरण

प्रदेश नं २ को सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना सुझाव आयोगले आज आफ्नो प्रतिवेदन मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारले गत वर्ष असार महीनामा गठन गरेको विद्याधर मल्लिक नेतृत्वको एकल सुझाव आयोगले आज अन्तिम प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको हो । आयोगलाई तत्कालिक र दीर्घकालीन गरी दुई चरणमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो ।

by RSS | May 14
img
राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो

प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउनु भएको हो । मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताउनुभयो ।

by RSS | May 02
img
राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ (१) अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । 

by RSS | Dec 09
img
प्रतिवेदन तयार हुँदैछ : मन्त्री ढकाल

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो जानकारी दिँदै उहाँले नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्याराको खोजी कार्य जारी रहेको बताउनुभयो । 

by RSS | Sep 13
img
गृहमन्त्री थापाद्वारा पाँच प्रतिवेदन पेश

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३÷७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । त्यसैगरी, उहाँले नेपाल सरकारको सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितकोे

by RSS | Sep 05
img
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्यो  

सरकारले ८० वर्ग किलोमिटर क्षेत्रमा निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको विमानस्थल निर्माणका लागि पहिलो आवश्यतामा रहेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावण मन्त्रालयले स्वीकृति गरेको हो।

by Anu Rana | May 26
img
पन्ध्र दिनभित्रमा प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । 

by RSS | Feb 22
img
राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आज बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम उक्त प्रतिवेदन बुझाएको हो ।

by RSS | Feb 11
img
रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले बुझायो प्रतिवेदन

रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ ।

by RSS | Jan 21
img
काठमाडौँ–तराई मधेश दु्रतमार्गको डिपिआर आफैँ तयार गर्छाैं : सेना

नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिनुभएको हो ।

by RSS | Jan 16
img
राष्ट्रपतिसमक्ष अदुअआको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आज वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको छ । 

by RSS | Dec 14
img
राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज लोकसेवा आयोगले आफ्नो ५८औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । 

by RSS | Nov 24