img
प्रम ओलीबाट हा लोङ खाडी भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गर्नुभएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ ।

by RSS | May 10
img
गणतन्त्र दिवस तीन दिन मनाइने

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगमा दिवस मनाउने निर्णय गरेको छ ।

by RSS | May 06
img
प्रधानमन्त्री पर्सा र बारा जानुहुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ ।

by RSS | Apr 01
img
प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उहाँले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नुहुनेछ ।

by RSS | Feb 14
img
प्रधानमन्त्री ओली दोहामा

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको डाभोस जाने सिलसिलामा आज बिहान कतारको राजधानी दोहा आइपुग्नुभयो । प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा कतारका लागि नेपालका राजदूत प्रा डा रमेशप्रसाद कोइराला तथा दूतावासका कर्मचारीले स्वागत गर्नुभएको थियो । 

by RSS | Jan 21
img
प्रधानमन्त्री ओली शान्ति र्यालीमा सहभागी

प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्यालीमा सहभागी हुनुभएको छ । 

by RSS | Apr 30
img
सबैसँग मैत्री हाम्रो सिद्धान्त हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट गर्नुभएको छ । यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा आज सम्बोधन गर्दै उहाँले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भन्नुभयो । 

by RSS | Mar 27
img
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

मन्त्रिपरिषद् विस्तार र उपसभामुखको निर्वाचनलगायतका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

by RSS | Mar 15
img
समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत

संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ । सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन ।

by RSS | Feb 22
img
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । 

by RSS | Feb 22
img
प्रधानमन्त्री ओलीद्धारा सपथग्रहण र तीन सदस्यीय मन्त्रिमण्डल गठन

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गाेपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। सपथ लिएसँगै सहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

by R. sharma | Feb 15

LATEST NEWS