img
रुपान्तरणका लागि नमूना विद्यालय– मन्त्री पोखरेल

विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो । आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याउनुभयो ।

by RSS | May 12
img
विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छ– पूर्वमन्त्री अधिकारी

पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव समारोहमा बुधबार उहाँले नेपाली माटोमै श्रम र सीप खर्चिने किसिमको शिक्षा दिइनुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने उल्लेख गर्दै यो वा त्यो नाममा शिक्षाक्षेत्र बिगार्न नहुने धारणा राख्नुभयो ।

by RSS | May 09
img
शिक्षक भर्ती सेवा आयोगबाट मात्रै : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले गुणात्मक शिक्षाको लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र आयोगले विज्ञापन गर्ने बताउनुभयो ।

by RSS | May 08
img
‘गोरखापत्र’ परिमार्जन गरिने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।

by RSS | May 07
img
आगामी वर्ष नेपाली पत्रकारिता सुरक्षा र सम्मानको वर्ष हुनेछः मन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताउनुभएको छ । सोह्रौँ अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो।

by RSS | May 03
img
राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा राष्ट्रिय शिक्षा नीति ल्याउन त्यसको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको बताउनुुभएको छ । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री पोखरेलले आयोगकै प्रतिवेदनमा टेकेर सङ्घीय शिक्षा विधेयक ल्याउन पनि काम भइरहेको जनाउँदै आगामी १० वर्षभित्र सामुदायिक विद्यालयलाई गुणात्मक फड्कोसहित रुपान्तरण गरिने बताउनुभएको हो ।

by RSS | May 03
img
राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति

पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले गरेका विभिन्न नौ निर्णयमध्ये दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।

by RSS | May 03
img
आदिकविका विद्यार्थीले गृहिणीलाई पढाए सूचना प्रविधि

राष्ट्रिय सूूचना सञ्चार तथा प्रविधि दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले गृहिणीलाई सूचना प्रविधिबारे पाठ पढाएका छन् । क्याम्पसमा स्नातक तहमा सूचना सञ्चार तथा प्रविधि विषयमा अध्यनरत विद्यार्थीले छिमेकमा रहेको आमा समूहका गृहिणी महिलालाई विहीबार सूचना सञ्चार तथा प्रविधिका प्रयोग, फाइदा र बेफाइदाबारे पढाएका हुन् ।

by RSS | May 03
img
आदिकविका विद्यार्थीले गृहिणीलाई पढाए सूचना प्रविधि

राष्ट्रिय सूूचना सञ्चार तथा प्रविधि दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले गृहिणीलाई सूचना प्रविधिबारे पाठ पढाएका छन् । क्याम्पसमा स्नातक तहमा सूचना सञ्चार तथा प्रविधि विषयमा अध्यनरत विद्यार्थीले छिमेकमा रहेको आमा समूहका गृहिणी महिलालाई विहीबार सूचना सञ्चार तथा प्रविधिका प्रयोग, फाइदा र बेफाइदाबारे पढाएका हुन् ।

by RSS | May 03
img
‘समृद्ध नेपालका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य शर्त’

प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित, सभ्य र समृद्ध नेपाल निर्माणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य शर्त भएको बताउनुभएको छ ।

by RSS | May 02
img
विकिलिक्सका संस्थापक असान्ज बेलायतमा गिरफ्तार 

अन्ततः विकिलिक्सका संस्थापक जुलिआन आसान्जलाई बेलायती प्रहरीले पक्राउ गरेको छ ।

by Anu Rana | Apr 15
img
भुउपग्रह नष्ट गर्ने प्रविधि खतरनाक  

अमेरिकी अन्तरिक्ष तथा हवाई निकाय ( नासा ) ले भारतको भूउपग्रह नष्ट गर्ने प्रविधि खतरानाक रहेको तथा यसले इन्टरनेसनल स्पेह स्टेसन ( आइएसएस ) लाई समेत खतरा रहेको जानकारी दिएको छ ।

by Anu Rana | Apr 04
img
उद्यमीलाई अनुदानमा प्रविधि हस्तान्तरण

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका उद्यमीलाई अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ । चालू आर्थिक वर्षमा ६१ उद्यमीलाई प्रविधि हस्तान्तरण गर्ने वार्षिक कार्यक्रमबमोजिम समितिले पहिलो पटक चार उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको हो । अनुदानमा प्रविधि पाउनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित अधिकारी

by RSS | Mar 17
img
विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका जनशक्तिलाई सरकारको समृद्धिको लक्ष्य र जनताको जीवनसँग गाँस्नुपर्ने बताउनुभएको छ । छ दशकअघिका नीति तथा रणनीतिहरु कार्यान्वयन र परिमार्जन गराउने उद्देश्यका साथ विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७५ को मस्यौदामा सुझाव लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

by RSS | Mar 15
img
‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि सुझाव

‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महीनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव सङ्कलन भएका थिए । तीमध्येबाट छनोट गरी १४२ परेका हुन् । काठमाडौँको विद्यमान शहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौँ महानगरले गत मङ्सिर २६ गतेबाट सुझाव सङ्कलन गर्न शुरु गरेको थियो ।

by RSS | Feb 08
img
पोखरामा सूचना तथा प्रविधि मेला फागुनमा

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कास्कीको आयोजनामा आगामी फागुन १८ देखि २४ गतेसम्म पोखरामा सूचना तथा प्रविधि मेला हुने भएको छ । बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ कास्कीका अध्यक्ष युवराज पौडेलले कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै यसलाई ग्रामीण क्षेत्रसम्म पु–याउने लक्ष्यका साथ मेला आयोजना गरिने बताउनुभयो ।

by RSS | Jan 25
img
स्थानीय तहसँग सहकार्य गर्दै नास्ट

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य बढाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नास्टले स्थानीय तहसँग नै सहकार्य बढाएको हो । यहाँबाट विकास भएको प्रविधि जनप्रतिनिधिले आफ्नो तहमा अपनाउने र स्थानीयवासीलाई हस्तान्तरण गर्ने भएकाले स्थानीय तहसँग सहकार्य बढाइएको प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो ।

by RSS | Dec 30
img
‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताउनुभएको छ । बैङ्किङ, फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालले आज यहाँ आयोजना गरेको डिजिटल प्रविधिले मानव जीवनमा ल्याएको परिवर्तन विषयक कार्यक्रममा उहाँले डिजिटल प्रविधिलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्न सके बैङ्किङ क्षेत्रको आर्थिक उन्नतिमा लाभ हुनसक्ने उल्लेख गर्नुभयो ।

by RSS | Dec 23
img
प्रविधिमा फड्को मार्दै लमही नगरपालिका

दाङको लमही नगरपालिकाले वेवसाइट पछि अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नगरवासीको सुविधाका लागि नगरपालिकाले आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । नगरका सूचना तथा जानकारी, बोलपत्र, दरभाउपत्र, पारित कानून, कार्यविधि, निर्णय, गर्ने सम्पूर्ण कार्य हेर्न सकिने गरी वेबसाइट

by RSS | Dec 13
img
सूचना प्रविधिको सम्मेलन काठमाडौंमा हुँदै  

इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले मंसिर २३ देखि २८ गतेसम्म एनपिएनओजी–४ नामक ६ दिने कार्यक्रम आयोजना गर्दै छ ।

by Anu Rana | Dec 09