img
‘राष्ट्रिय जागरण’लाई सफल बनाउन विविध कार्यक्रम

नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने भएको छ । पार्टीका उपसभापति एवं प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सङ्घीय संसद्मा रहेका काङ्ग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

by RSS | May 05
img
काङ्ग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

नेपाली काङ्ग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

by RSS | May 05
img
एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु

संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन् ।

by RSS | Jan 09
img
युवा प्रशिक्षण कार्यक्रम सम्पन्न

एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्यूट फर पिस एण्ड जस्टिस र काठमाडौँस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित उक्त शैक्षिक सत्र गत जनवरीमा काठमाडौँमा शुरु भएर आज जनकपुरमा सम्पन्न भएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । 

by RSS | Nov 19
img
प्रशिक्षण प्रतिष्ठान स्थापनामा सघाउन नेपालको आग्रह

नेपालले सीप विकासका निम्ति अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान स्थापनाको अपरिहार्यता औँल्याउँदै त्यसमा कतार सरकारलाई सघाउन आग्रह गरेको छ । स्वास्थ्यका निम्ति नवप्रवर्तन विषयक विश्व सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबारदेखि कतार भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले त्यहाँको प्रशासनिक विकास,

by RSS | Nov 14
img
९० युवा खेलाडी बन्द प्रशिक्षण शिविरमा

राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले शुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३औँ साग प्रतियोगितालाई ध्यानमा राखेर उक्त प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० दिने प्रशिक्षण दिइरहेको छ ।

by RSS | Nov 02
img
साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना

नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८आँै थाक खेलकूद प्रतियोगिता’ उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभएको हो । 

by RSS | Sep 21
img
प्रदेशसभा सदस्यद्वारा शपथ ग्रहण

प्रदेश नं ४ का प्रदेशसभा सदस्यले आज सामूहिक रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश नं ४ का ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा उहाँहरूलाई शपथ गराउनुभयो ।

by RSS | Jan 21

LATEST NEWS