img
प्रेस युनियन कास्कीमा अवार्ड स्थापना

नेपाल प्रेस युनियन कास्कीले कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ अवार्ड स्थापना गरेको छ । कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्ये उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो । कार्यसमितिका अध्यक्षबाहेक अन्य पदाधिकारी एवं सदस्यलाई प्रदान गरिने अवार्डको राशि रु पाँच हजार नगदसहित प्रशंंसापत्र रहेको युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिनुभयो ।

by RSS | May 21
img
प्रेस स्वतन्त्रता आवश्यक

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभए लोकतन्त्र नै समाप्त हुने भएकोले त्यसतर्फ सबै चनाखो हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन धनकुटाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले पछिल्लो समय प्रेसलाई कमजोर बनाएर सरकार अघि बढन खोजेकोले त्यसतर्फ चनाखो हुनुपर्ने बताउनुभयो ।

by RSS | May 16
img
प्रेस र अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानून निर्माण गर्नुस् : साझा

साझा विवेकशील पार्टीले प्रस्तावित मिडिया काउन्सिल विधेयकका विषयमा उठेको प्रश्नका बारेमा सरोकारवाला पक्षसँग गहन छलफल गर्न सरकारलाई सुझाव दिएको छ । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक रवीन्द्र मिश्रले विधेयकमा परेका कतिपय प्रावधानले लोकतन्त्रको मर्ममा नै प्रहार गरेको बताउनुभयो ।

by RSS | May 13
img
प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैनः नेतृ कोइराला

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन्का घटना हुनु राम्रो होइन भन्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसको स्वतन्त्रतामाथि कुनै अङ्कुश लाग्नु हुँदैन भन्नुभयो ।

by RSS | May 13
img
प्रेस स्वतन्त्रता विरोधी कुनै कानून मान्य हँुदैन : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विरोधी कुनै कानून आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मनसायले विधेयक अघि बढाएको आरोप लगाउँदै त्यस्ता कदमको सदन र सदन बाहिर देशैभरि विरोध गर्ने उल्लेख गर्नुभयो ।

by RSS | May 13
img
राष्ट्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य

स्वतन्त्र पत्रकार सङ्घ नेपाल कास्की शाखाको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको आज यहाँ उद्घाटन कार्यक्रममा आम नागरिक र राष्ट्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएकोमा जोड दिइएको छ । विभिन्न रुपमा स्वतन्त्र प्रेसमाथि आक्रमण भइरहेको बताउँदै कार्यक्रमका वक्ताले पाइला पाइलामा बढ्दै गएको दण्डहिनता एवं सामाजिक विकृति विसङ्गतिको अन्त्यका लागि पत्रकारिता क्षेत्र बलियो बन्नुपर्ने धारणा राखे ।

by RSS | May 06
img
प्रेसलाई कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव छैन

प्रेसलाइ कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव नभएकामा जोड दिइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता : लोकतन्त्रको आधार विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले राजनीतिक र सामाजिक परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

by RSS | May 03
img
प्रेसलाई कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव छैन

प्रेसलाइ कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव नभएकामा जोड दिइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता : लोकतन्त्रको आधार विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले राजनीतिक र सामाजिक परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

by RSS | May 03
img
सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त

सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ ।

by RSS | May 03
img
सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रता हननका घटना उस्तै

विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३ ९वैशाख २० गते० विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ ।

by RSS | May 02
img
सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रता हननका घटना उस्तै

विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३ ९वैशाख २० गते० विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ ।

by RSS | May 02
img
विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रतामाथि चुनौती: महासङ्घ

नेपाल पत्रकार महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएता पनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती रहेको बताएको छ ।

by RSS | May 02
img
हवाई इन्धनको मूल्यो घट्यो

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्ति प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर आज राति १२ बजेपछि लागू हुने जनाइएको छ ।

by RSS | Apr 24
img
प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको

by RSS | Apr 18
img
प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताउनुभयो ।

by RSS | Mar 31
img
प्रेसलाई नियन्त्रण गर्न खोजिएको होइन : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, रुपन्देहीले आज बुटवलमा गरेको साधारणसभामा उहाँले प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको हो भन्नुभयो । मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले पत्रकारका पक्षमा काम गर्ने बताउनुभयो ।

by RSS | Feb 11
img
काउन्सिलले ‘क’ वर्गका पत्रिकाको स्व–अनुगमन गर्ने

प्रेस काउन्सिल नेपालले प्रदेश नं ३ अन्तर्गत ‘क’ नम्बरमा वर्गिकरणमा परेका विभिन्न पत्रपत्रिकाको अनुगमन गर्ने भएको छ । काउन्सिलले प्रदेश नम्बर ३ का काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक १० जिल्लाका पत्रपत्रिकाको अनुगमन गर्न लागेको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो ।

by RSS | Feb 07
img
निकुञ्जमा अप्रेसन महाहन्ट शुरु

चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आएका छन् ।

by RSS | Dec 21
img
प्रेस युनियन सिरहामा जर्घामगर

नेपाल प्रेस युनियन सिरहाको छैँटौ जिल्ला अधिवेशनले भरत जर्घामगरको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शम्भु यादव, समावेशी उपाध्यक्षमा ज्ञानु राउत, सचिवमा निर्मला दहाल, सहसचिवमा जया सिंह र कोषाध्यक्षमा एलिना हिमाङ चयन हुनुभएको छ । सदस्यहरुमा बद्रीनारायण यादव, एम महतो, रमिता दाहाल, अनुपम झा, आशाराम चौधरी, अनुभक्त चौधरी, कमल यादव हुनुभएको छ । 

by RSS | Nov 01
img
प्रेस काउन्सिलको डिजिटल संवाद शुरु

प्रविधिको विकासका कारण सञ्चारमाध्यमको बदलिदो स्वरुपमा आचारसंहिताको परिपालनासम्बन्धी छलफल चलाउन प्रेस काउन्सिल नेपालले मङ्गलबार विदुरमा ‘पत्रकार आचार संहितासम्बन्धी डिजिटल संवाद कार्यक्रम’ गरेको छ । काउन्सिलमा सदस्य गोपाल बुढाथोकीले नुवाकोटबाट शुरु भएको डिजिटल संवाद कार्यक्रमलाई क्रमशः देशैभरि लैजाने योजना रहेको बताउनुभयो । कार्यक्रममा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै सदस्य बुढाथोकीले पत्रकारिताको क्षेत्रमा धेरै परिवर्तन आएकाले अहिलेको

by RSS | Oct 10