img
फुटबल अवार्डको मनोनयन

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन् ।माल्दिभ्स फुटबल डटकम र फुटबल एशोसियशन अफ माल्दिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोल किपरको मनोनयनमा नेपाली गोलरक्षक किरण परेका हुन् । आगामी पुस ३ गते उक्त अवार्डको विजेता घोषणा गरिनेछ । किरण टिसी स्पोटर्स क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन् ।

by RSS | Dec 13

LATEST NEWS