img
नेपालले कतारसँग खेल्ने

एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ । कतार एशिया कपको विजेता टोली पनि हो । 

by RSS | Mar 24
img
गोकर्णेश्वर मेयर कप फुटबल प्रतियोगिता शुरु

गोकर्णेश्वर नगरपालिकाको सहकार्य तथा जोरपाटी फुटबल क्लबको आयोजनामा वडास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाभित्र खेलकूदको विकास गर्ने उद्देश्यका साथ शनिबारदेखि शुुरु भएको उक्त प्रतियोगिताको नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो ।

by RSS | Jan 06
img
उपाधि होडमा मनाङलाई चुनौती

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ । बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा रहेको थ्रीस्टार उपाधि होडबाट बाहिरिएको हो ।

by RSS | Dec 20
img
मोफसलमा तेइस प्रतियोगिता, एन्फाद्वारा तालिका सार्वजनिक

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ । मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका हिजो सार्वजनिक गरेको हो । 

by RSS | Dec 13
img
उपाधि दाबेदार आर्मीलाई फ्रेण्डसले रोक्यो

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे ।

by RSS | Dec 06
img
शहीद स्मारक ‘ए’ डिजिभन लिग –एपिएफले एनआरटीलाई हरायो

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो ।

by RSS | Dec 04
img
चौथो चराणको फुटबल प्रतियोगिता आज सकिँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसअघि भएका खेलमा हिमालयन शेर्पा तीन खेलबाट सात अङ्कसहित अङ्क तालीकाको पाँचौ स्थानमा छ ।

by RSS | Nov 28
img
गैँडा संरक्षण गर्न फुटबल प्रतियोगिता

एकसिङ्गे गैँडा संरक्षण गर्नुपर्ने सन्देश प्रभाव गर्न पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । सो प्रतियोगिता बिहीबारदेखि अगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा हुनेछ । प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर तथा विभागीयसहित १२ टिमको सहभागिता रहने आयोजक भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो ।

by RSS | Oct 31
img
साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान छन् भने समूह ‘बी’मा भारत, भूटान र श्रीलङ्का छन् ।

by RSS | Oct 23
img
लायन्स फुटबल प्रतियोगिता हुने

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीले आगामी मङ्सिर ६ देखि ९ गतेसम्म छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता–२०७५ गर्ने भएको छ । स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता

by RSS | Oct 04
img
बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ । खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजाकिस्तान र दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् ।

by RSS | Sep 24
img
शनिबारदेखि विराट गोल्ड कप शुरु

आउँदो शनिबारदेखि विराटनगरमा ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको छ ।

by RSS | Mar 27
img
मेलम्चीमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता मंगलबारदेखि

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा फुटबल आयोजना गरिएको हो । 

by RSS | Jan 15
img
रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ ।

by RSS | Jan 09
img
फुटबल प्रतियोगिता शुरु

संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ ।  विभागीय एक टोली सशस्त्र प्रहरी बलको एपिएफसहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

by RSS | Dec 17