img
‘कूल बजेटको दश प्रतिशत स्वास्थ्यमा’

उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षमा सरकारले विशेष प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा आज आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री यादवले आगामी आवको कूल बजेटमध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

by RSS | May 17
img
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुरु

सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन (बजेट) आज शुरु भएको छ । अधिवेशनको आज बसेको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनु हुँदै सभामुख अर्जुनबहादुर थापाले चौथो अधिवेशनलाई सफल तुल्याउनमा प्रदेश सभाका सदस्यहरुको भूमिका सकारात्मक र महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।

by RSS | May 16
img
‘व्यावहारिक बजेट ल्याउनुपर्छ’

अर्थविद्हरुले व्यावहारिक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले अबको बजेटमा औद्योगिकीकरण र सामाजिक रुपान्तरणमा जोड दिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँहरुले भन्नुभयो, “आगामी निर्वाचनलाई ध्यानमा राखी पपुलिष्ट बजेट ल्याउनुुहुँदैन् । त्यस्तो बजेटले देशमा आर्थिक समृद्धि हासिल हुँदैन् । खर्च गर्न नसकिने ठूलो आकारको बजेट आवश्यक छैन ।”

by RSS | May 16
img
गण्डकीमा बजेटको पूर्वतयारी

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारी थालेको छ । प्रदेशका विभिन्न स्थानीय तहसँग छलफल तथा अन्तक्र्रिया गर्दै बजेटका आधार र प्राथमिकताको निर्धारण गर्न शुरु गरेको हो । अर्थव्यवस्था तथा विकास समितिले प्रदेशका सबै जिल्लामा रहेका स्थानीय तहलाई पायक पर्ने जिल्ला सदरमुकाममा जम्मा गरेर पूर्व बजेट छलफल कार्यक्रम सञ्चालन गरिरहेको छ ।

by RSS | May 15
img
बजेट समानुपातिक बनाउन माग

सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र देशका समसामयिक विषयमा सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद दिलकुमारी रावल थापा (पार्वती)ले विगतदेखि सञ्चालनमा रहेका बहुवर्षीय सडक तथा रणनीतिक महत्वका सडक आयोजना सङ्घीय सरकारले प्रदेश सरकारमा हस्तान्तरण गरेकोमा प्रक्रियागत अस्पष्टताका कारण आयोजना कार्यान्वनमा समस्या देखिएको बताउनुभयो ।

by RSS | May 14
img
‘बजेट भूगोल र जनसङ्ख्याका आधारमा’

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अधिकांश सांसदले बजेट सिमान्तकृत, अल्पसङ्ख्यक, पिछडा वर्ग, महिला, अपाङ्ग, मधेशी, दलित र दुर्गम क्षेत्रलाई केन्द्र बिन्दुमा राखेर बनाउनुपर्ने धारणा राख्नुभएको छ । उहाँहरुले बजेट पहुँच र भनसुनका आधारमा नभई भूगोल र जनसङ्ख्यालाई आधार बनाइ विनियोजन गर्नुपर्ने बताउनुभयो ।

by RSS | May 14
img
इतिहासकै तीव्र आर्थिक वृद्धिको बजेट आउनुपर्ने : महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रममा भनिएझैँ आगामी वर्षलाई इतिहासकै तीव्र आर्थिक वृद्धिको वर्षका रुपमा हासिल गर्ने बजेट आउनुपर्ने बताउनुभएको छ ।

by RSS | May 14
img
समानता कायम गर्ने बजेट ल्याउनुस्ः गिरी

नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले देशलाई सुहाउँदो नीति तथा कार्यक्रम र बजेट आएन भने विकास र समृद्धिको कुरा नारामा मात्र सीमित हुने बताउनुभएको छ ।

by RSS | May 14
img
नेपालीको मुहार उज्यालो हुने क्षेत्र नै बजेटको प्राथमिकता हुनेछ– अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हँुदै आएको बताउनुभएको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिनुभयो ।

by RSS | May 14
img
वित्तीय सङ्घीयता कार्यान्वयनको दिशामा बजेट : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले एक वर्षको छोटो अवधिमा वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धेरै काम भएको बताउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नहरुको जवाफ दिनुहुँदै उहाँले सङ्घीयता कार्यान्वयनको दिशामा बजेट आउने प्रस्ट पार्नुभयो ।

by RSS | May 14
img
युवालाई कृषिमा आकर्षण गर्ने बजेट ल्याउनुपर्नेमा जोड

राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा किसानको आर्थिक वृद्धिसँगै युवालाई कृषिमा आकर्षण गर्ने र महिलाको आय वृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

by RSS | May 13
img
बजेटमा राष्ट्रसेवकलाई प्रोत्साहन दिनुपर्ने

राष्ट्रसेवकलाई प्रोत्साहन र शिक्षा क्षेत्रलाई प्राथमिकतामा पार्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी छलफलमा भाग लिँदै सांसद कोमल ओलीले राष्ट्रसेवक प्रोत्साहित हुनेगरी बजेट ल्याइनुपर्नेमा जोड दिनुभएको हो ।

by RSS | May 13
img
समावेशी बजेट ल्याउन माग

आगामी आर्थिक वर्षको बजेटले अपाङ्गता भएका व्यक्ति, जनजाति, दलित र महिलालगायतलाई प्राथमिकतामा राख्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद रमेशप्रासद यादवले मधेशी, जनजाति, दलित समुदायलाई उपेक्षा गरेर देश विकास हुन नसक्ने बताउनुभयो ।

by RSS | May 13
img
औद्योगिकीकरणलाई बजेटमा प्राथमिकता दिन माग

आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माण र औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा सङ्घीय सांसदहरुले जोड दिनुभएको छ । सङ्घीय संसद्, राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले प्रस्तुत नीति तथा कार्यक्रमले जनताको आकांक्षालाई समेटेको बताउनुभयो ।

by RSS | May 13
img
प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने

प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज रासससँगको कुराकानीमा बताउनुभएको हो ।

by RSS | May 13
img
सामाजिक न्यायसहितको बजेटमा जोड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक न्यायसहितको आर्थिक वृद्धिको लक्ष्यलाई आत्मसात् गर्ने खालको बजेट ल्याउने विश्वास व्यक्त गरेका छन् ।

by RSS | May 13
img
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।

by RSS | May 12
img
यस्ता छन् आगामी बजेटको प्राथमिकता

सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा न्यायिक वितरणसहितको उच्च आर्थिक वृद्धि र सामाजिक न्यायसहितको समावेशी विकासलाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ ।

by RSS | May 12
img
पूर्वबजेट आवधिक योजनाको सुझाव सङ्कलन

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पूर्वबजेट छलफल तथा प्रथम आवधिक योजनासम्बन्धी सुझाव सङ्कलन गोष्ठी सम्पन्न गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले हुम्लाको आवधिक योजना पहिलो प्राथमिकतामा सडक निर्माण रहेको उल्लेख गर्दै भौगोलिक कारणले विकटता भए पनि पर्यटकीय क्षेत्रमा अगाडि भएको बताउनुभयो ।

by RSS | May 12
img
शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।

by RSS | May 10

LATEST NEWS