img
बर्थिङ सेन्टर स्थापना

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । मोहम्मद पुर क्षेत्रमा योभन्दा पहिले प्रसूति केन्द्र नहुँदा नेपालगञ्ज वा गुलरियाको अस्पतालमा जानुपर्ने बाध्यता हटेको सदस्य शर्माले बताउनुभयो ।

by RSS | Feb 21
img
मानेडाँडामा बर्थिङ सेन्टर सञ्चालन

किस्पाङ गाउँपालिका–५ मनकामनास्थित मानेडाँडा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (सुरक्षित प्रजनन केन्द्र) सञ्चालनमा आएको छ । शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच सुनिश्चित गराउन सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । 

by RSS | Mar 15