img
बालिका बेपत्ता

एक महीनादेखि बालिका बेपत्ता भएपछि परिवारले खोजी शुरु गरेको छ । यहाँस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया बालिका सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो ।

by RSS | May 16
img
व्यक्ति बेपत्ता मुद्दामा पाँच वर्ष कैद

शिक्षक मख्खन केसीलाई कुटपिट गरी बेपत्ता पारेको अभियोगमा दुई जनालाई रुकुमकोट जिल्ला अदालतले जनही पाँच वर्ष कैद सजाय सुनाएको छ ।

by RSS | May 14
img
महाकालीमा एक बेपत्ता

महाकाली नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । मालिकार्जुन गाउँपालिका–७ जौलजीविका १५ वर्षीय भूपेन्द्रबहादुर चन्द बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँसँगै पौडी खेल्न गएका दीपेशबहादुर चन्द भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो । पौडी खेल्ने क्रममा बगेका दिपेशको जीवितै उद्धार गरिएको छ ।

by RSS | May 08
img
नदीमा हाम फाली बेपत्ता

मनाङस्थित मस्र्याङ्दी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । मनाङको नासो गाउँपालिका–३ घर भई हाल चामे गाउँपालिका–३ नयाँबजार बस्ने १९ वर्षीय रोशन गुरुङ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धानसहित खोजी कार्य जारी रहेको छ ।

by RSS | May 08
img
चार हजार भूकम्पपीडित बेपत्ताः घर निर्माण सीमा असारमा

चार वर्षअघि भूकम्पका कारण नुवाकोट जिल्लामा ध्वस्त भएकामध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन सकेका छैनन् । भूकम्पबाट करीब ७७ हजार घर भत्किएका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म भूकम्पले क्षतिग्रस्त घरमध्ये ३९ प्रतिशत घर निर्माण हुन बाँकी छ ।

by RSS | Apr 25
img
पौडी खेल्दाखेल्दै दुई युवा बेपत्ता

कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् । बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै

by RSS | Apr 15
img
बालिका एघार दिनदेखि बेपत्ता

उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय

by RSS | Mar 26
img
सुनकोशीमा बालक बेपत्ता

तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन् । फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिनुभयो । 

by RSS | Mar 21
img
पहिरोले पुरिएर दुई जना बेपत्ता

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् । गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर हराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । 

by RSS | Jan 27
img
त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता

चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको

by RSS | Jan 21
img
शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिनुभयो ।

by RSS | Jan 15
img
पौडी खेल्ने क्रममा एक युवा बेपत्ता

त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९.३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गँैडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो । तनहुँतर्फबाट पोडी खेल्दै नवलपुरतर्फको भागमा पुगेका गुरुङ

by RSS | Jan 15
img
बेपत्ता बालिका मृत फेला

पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत फेला परेकी छिन् । सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् । उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन् । उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

by RSS | Jan 09
img
बमजन आश्रमबाट चार जना बेपत्ता ,परिवारले प्रहरीमा दिए जाहेरी

तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको आश्रमबाट पाँचौं व्यक्ति पनि बेपत्ता भएको थाहा भएको छ। बमजनको आश्रममा एकजना अनुयायीको हत्या र तीन जना आनी रहस्यमयी ढंगले बेपत्ता भएको' खबर प्रकाशित भएको लगत्तै अर्को एक परिवारको पनि  छोरा बेपत्ता भएको खबर आएको हो ।

by Anu Rana | Dec 30
img
बालिका १२ दिनदेखि बेपत्ता

इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिनुभयो । बालिका घर नफर्के पनि आफन्तकोमा गएको आशङ्कामा बेलुका

by RSS | Dec 18
img
अमरगढी किल्लाका हतियार बेपत्ता

सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली राजनीतिको आएको हो । किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’

by RSS | Dec 13
img
उद्धार गरिएका १२ नेपाली चेली बेपत्ता

हरेक दिन नेपालबाट सम्पती कमाउने लोभमा नेपाली चेली भारत लगायत अन्य मुलुकहरुमा बेचिने गरेका छन । उनीहरुले यी देशहरुमा यौंनकर्मीको रुपमा काम गर्ने गरेका छन । भारतमा पनि नेपाली चेलीहरुको विक्रि लामो समयदेखि चल्दैं आएको छ । यसैं बिचभारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौ दिनदेखि बेपत्ता छन् ।

by Anu Rana | Dec 10
img
नदीमा हाम फालेर किशोरी बेपत्ता

कालीगण्डकी नदीमा हाम फालेर यहाँकी एक किशोरी बेपत्ता भएकी छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ आइतबार बिहान हाम फालेर बेपत्ता भएकी हुन् । पर्वतको इमिचौर र गुल्मीको पूर्तिघाट जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माइली छोरी मेनुका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

by RSS | Nov 26
img
हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका एक जनाको बेनी

by RSS | Oct 14
img
 २१ हजारभन्दा बढी बालबालिका बेपत्ता  

१२ वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् । बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४/७५ सम्म केन्द्रमा २१ हजार ४ सय ३५ बालबालिका र युवा हराएको उजुरी परेको छ ।

by Anu Rana | Sep 24

LATEST NEWS