img
भन्सारको सुरक्षाः त्रिपालको बास

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको सीमा अवलोकन युनिट (बिओपी) का सुरक्षाकर्मी त्रिपालमुनि बस्दै आएका छन् । पुस÷माघ महीनाको कठ्याङ्ग्रिने जाडो होस् वा चैत÷वैशाख महीनाको टन्टलापुर घाम नै किन नहोस्, उनीहरुको दिनचर्या त्रिपालमुनि नै बित्दै आएको छ । छोटी भन्सार कार्यालयबाट मूल भन्सारमा परिणत भएपछि त्यसको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको हो ।

by RSS | May 15

LATEST NEWS