img
भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण

नुवाकोटका भूकम्प पीडितलाई ग्लोबल आइएमई बैंंकले जिल्लामा पहिलोपटक शुरु गरेको पाँच प्रतिशत ब्याज अनुदानमा घर पुनःनिर्माण गर्न लाभग्राहीलाई रु तीन लाख ऋण प्रदान गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ ।

by RSS | Apr 02
img
छुट भएका भूकम्प पीडितको पुनः सर्वेक्षण गरिने

भूकम्पपछिको पुनःनिर्माणको लागि रु तीन लाख अनुदान पाउन योग्य (लाभग्राही) सूचीमा नपरेका भूकम्प प्रभावितको पुनः जाँच तथा सर्वेक्षण गरिने भएको छ । लाभग्राही सूचीमा समावेश हुन चाहेर निवेदन दिएका घरधनीको तथ्याङ्क सङ्कलनका लागि प्राविधिक परिचालन गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) नुवाकोटका प्रमुख कोषनाथ अधिकारीले जानकारी दिनुभयो ।

by RSS | Mar 25
img
भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो । हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करीब एक हजार ३००पीडितले मात्र पाएका छन् ।

by RSS | Oct 28
img
एक प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

भूकम्पबाट घर क्षति भएका तनहुँका १ दशमलव १ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको रकम बुझेका छन् । भूकम्पबाट घर क्षति भएका तनहुँका १३ हजार ८२१ मध्ये १६१ लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम बुझेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँले जनाएको छ । तेस्रो किस्ताको रकम वितरणका लागि

by RSS | Sep 27