img
पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान

जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो । स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दामाथिका सबै भूकम्पको मापन तथा रेकर्ड रहनेछ ।

by RSS | Apr 28
img
भारतको अरुणाचलमा शक्तिशाली भूकम्प

भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६ ।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।

by Anu Rana | Apr 25
img
काष्ठमण्डप, धरहरा र रानीपोखरीको गति

भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि काष्ठमण्डपको २५, धरहराको १३ र रानीपोखरीको नगण्य काम शुरु भएको छ । भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो ।

by RSS | Apr 25
img
भूकम्प

बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथीवी केन्द्रबिन्दु बनाएर आज बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ । भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

by RSS | Apr 15
img
भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण

नुवाकोटका भूकम्प पीडितलाई ग्लोबल आइएमई बैंंकले जिल्लामा पहिलोपटक शुरु गरेको पाँच प्रतिशत ब्याज अनुदानमा घर पुनःनिर्माण गर्न लाभग्राहीलाई रु तीन लाख ऋण प्रदान गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ ।

by RSS | Apr 02
img
छुट भएका भूकम्प पीडितको पुनः सर्वेक्षण गरिने

भूकम्पपछिको पुनःनिर्माणको लागि रु तीन लाख अनुदान पाउन योग्य (लाभग्राही) सूचीमा नपरेका भूकम्प प्रभावितको पुनः जाँच तथा सर्वेक्षण गरिने भएको छ । लाभग्राही सूचीमा समावेश हुन चाहेर निवेदन दिएका घरधनीको तथ्याङ्क सङ्कलनका लागि प्राविधिक परिचालन गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) नुवाकोटका प्रमुख कोषनाथ अधिकारीले जानकारी दिनुभयो ।

by RSS | Mar 25
img
भूकम्प प्रतिरोधी घर बन्दै

महोत्तरी जिल्लाको उत्तरी क्षेत्र र आसपासका छिमेकी जिल्लाका गाउँनगर बस्तीमा अब धमाधम भूकम्प प्रतिरोधी पक्की घर, भवन बन्न थालेका छन् । महोत्तरी जिल्लाको बर्दिवास, भङ्गाहा र बलबा एवं धनुषा जिल्लाको मिथिला नगरपालिकामा तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि यी नगरसहित छिमेकको सिन्धुली जिल्लाका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा पनि धमाधम भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका छन् । 

by RSS | Jan 25
img
२१औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरि

एक्काइसौँँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । कार्यालयका प्रमुख, कर्मचारी, भद्रपुर नगरपालिका उपप्रमुखलगायत सहभागी प्रभातफेरिमा ‘घटाऔँ भूकम्पको खतरा जागरुक भई,

by RSS | Jan 16
img
तीस प्रतिशत घर भूकम्प प्रतिरोधात्मक

तुलसीपुर उपमहानगरपालिकाले भवन निर्माण आचारसंहितालाई कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ । अहिले भवन निर्माण आचारसंहिता कार्यान्वयन नगर्ने घरधनीलाई उपमहानगरपालिकाले बिजुली बत्तीको र खानेपानीको सिफारिस नदिनेदेखि घर नक्सापास समेत रोक्का गरिदिने गरेको उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बताउनुभयो । साविकको नगरपालिका हुँदा नै उपमहानगरपालिकाका धेरै घर नक्सापास नै नभई आफूखुशी निर्माण भएका थिए ।

by RSS | Nov 23
img
भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो । हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करीब एक हजार ३००पीडितले मात्र पाएका छन् ।

by RSS | Oct 28
img
एक प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

भूकम्पबाट घर क्षति भएका तनहुँका १ दशमलव १ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको रकम बुझेका छन् । भूकम्पबाट घर क्षति भएका तनहुँका १३ हजार ८२१ मध्ये १६१ लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम बुझेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँले जनाएको छ । तेस्रो किस्ताको रकम वितरणका लागि

by RSS | Sep 27
img
५ लाख भूकम्प प्रभावितले निजी घर बनाउँदै

वि .सं २०७२ को भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या पाँच लाख नाघेको छ । निजी आवासका लागि अनुदान सम्झौता गरेका कुल ७ लाख २० हजार ७४२ लाभग्राहीमध्ये ६९ ।४७ प्रतिशत अर्थात् ५ लाख ७३६ भूकम्प प्रभावितले घर निर्माणअघि बढाएका हुन् ।

by Anu Rana | Jul 09
img
विनाशकारी महाभूकम्प को तीन वर्ष आज ; खै त पुननिर्माण?

आज २०७५  बैशाख १२ गते का दिन आज चार बर्श बित्यो तर पनि नेपालीको मनमा भने त्यो कालो दिन हटेको छैन , यस दिन वा बैशाख १२ गते का दिन  नेपालमा एउटा ठुलो बज्रपात भनु कि सोच्नै नस्कने कहाँली लाग्दो दिन थियो ।

by Anu Rana | Apr 25
img
विनाशकारी महाभूकम्प को तीन वर्ष आज ; खै त पुननिर्माण?

आज २०७५  बैशाख १२ गते का दिन आज चार बर्श बित्यो तर पनि नेपालीको मनमा भने त्यो कालो दिन हटेको छैन , यस दिन वा बैशाख १२ गते का दिन  नेपालमा एउटा ठुलो बज्रपात भनु कि सोच्नै नस्कने कहाँली लाग्दो दिन थियो ।

by Anu Rana | Apr 25
img
एकीकृत बस्तीको पर्खाइमा केरौँजावासी

भूकम्प र पहिरोबाट गाउँबाट विस्थापित गोरखाको केरौँजावासी सुरक्षित घडेरीको खोजीमा छन् । भूकम्प गएको ३४ महिना हुँदासमेत यहाँका बासिन्दालाई पुनःस्थापना गर्न सरकारले एकीकृत बस्ती निर्माणको थालनी गर्न सकेको छैन । घर बनाउन सरकारबाट अनुदान लिएका केरौँजावासीले सुरक्षित घडेरी अभावले घर बनाउने आँट गरेका छैनन् । 

by RSS | Feb 12
img
इञ्जिनियर फिर्ता हुँदा पुनः सर्भेक्षण प्रभावित

यहाँका भूकम्प प्रभावित बस्तीमा भूकम्पले भत्किएका घर पुनः सर्भेक्षण गर्न खटिएका इञ्जिनियर फिर्ता भएपछि सर्भेक्षणको काम प्रभावित भएको छ । साउन २८ गतेदेखि गाउँमा परिचालन गरिएका २८ जना इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशनमा जिल्लास्थित कार्यालयले फिर्ता बोलाएको हो । 

by RSS | Nov 12

LATEST NEWS