img
भोटेकोशीको आकर्षण बञ्जी, क्यानोनिङ र -याफ्टिङ

सिन्धुपाल्चोक जिल्लास्थित अत्यन्त साँघुरो गल्छी भएको भोटेकोशी नदीले आन्तरिक तथा विदेशी पर्यटकलाई बञ्जी( (पुलबाट डोरीको सहायताले हाम्फाल्ने काम) र -याफ्टिङ(जलयात्रा) जस्ता साहसिक खेलमार्फत आकर्षित गरिरहेको छ । विसं २०७२ को भूकम्प अगाडि राम्ररी चलिरहेका ती खेल भूकम्प पछाडि सम्पूर्ण पर्यटन क्षेत्रमै आएको मन्दीसँंगै ह्रास आए पनि हाल आएर विस्तारै पुनर्जीवित हुन थालेका छन् ।

by RSS | Oct 31
img
माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

२०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट पाँच वर्षसम्म उत्पादन बन्द हुँदा कम्पनीका अतिरिक्त राष्ट्रले नै ठूलो घाटा ब्यहोर्नु पर्नेभएको छ । 

by RSS | Feb 27
img
मध्य भोटेकोसीलाई दुई वर्षको म्याद थपियो

चौतारा - सिन्धुपाल्चोक जिल्लाको गाती गाविसमा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।   सो आयोजनाका लागि कर्मचारी सञ्चयकोषले रु. ६ अर्ब २१ करोड ऋण लगानी गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको छ। बाँकी रकम चिलिमे, नेपाल विद्युत् प्राधिकरण, जिविस सिन्धुपाल्चोक तथा सर्वसाधारणसमेतको लगानी रहने बताइएको छ। 

by Anu Rana | Jan 16
img
तटबन्ध निर्माणले खुशी छन्, भोटेकोशी किनारका बासिन्दा

भोटेकोशी नदिको दुवै किनारामा ठूलो तटबन्ध निर्माण शुरु भएपछि बाह्रबिसेका जनता खुशी भएका छन् । हरेक वर्षात्मा भोटेकोशी नदी पस्ने डरले सुत्न नपाउने गरेका बाह्रबिसे नगरपालिका–४ का जनता तटबन्ध निर्माणले खुशी भएका हुन् । भोटेकोशीको दुवै किनारामा पक्की घर निर्माण भएका छन् । 

by RSS | Jan 08