img
लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा

बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा भव्यरुपमा मनाइने बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ ।

by RSS | May 16
img
प्रम ओलीबाट विन विन मोनुमेण्ट भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित विन–विन–मोनुमेण्ट भ्रमण गर्नुभएको छ । चोरी चान्भर जिल्लामा रहेको सो स्मारक सन् १९९८ डिसेम्बर २९ मा कम्बोडियाको गृहयुद्ध समाप्त भएको बारे सम्बन्धित छ । सो क्षेत्रमै मारोडोक डेको नेशनल स्पोर्टस कम्प्लेक्स रहेको छ जहाँ सन् २०२३ मा दक्षिणपूर्वी एशियाली खेलकूद हुने र चाँडै नोम पेन्ह सेटलाइट टाउन बन्ने कम्बोडियाका अधिकारीले बताएका छन् ।

by RSS | May 15
img
प्रम ओलीबाट सिल्भर पेगोडा भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित आज सिल्भर पेगोडा भ्रमण गर्नुभएको छ । वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ । सिल्भर पेगोडासम्म जाने भ¥याङ इटालेली सिङमर्मरद्वारा बनेको छ ।

by RSS | May 15
img
भियतनाम भ्रमण अत्यन्तै सफल : प्रधानमन्त्री

विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ । अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ । १ प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ? यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो ।

by RSS | May 13
img
प्रम ओलीबाट विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ ।

by RSS | May 12
img
लुम्बिनी भ्रमण वर्षले पर्यटन विकासको आधार तयार हुन्छ : मुख्यमन्त्री

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बनी भ्रमण वर्षले पर्यटन विकासको आधार तयार हुने बताउनुभएको छ । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको तयारी सम्बन्धमा छलफल गर्न आज बुटवलमा बसेको मूल समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भ्रमण वर्ष अवधिमा लुम्बिनी र बुद्ध सर्किटबारे पर्यटकलाई बुझाउन सके पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने बताउनुभयो ।

by RSS | May 12
img
प्रम ओलीबाट हा लोङ खाडी भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गर्नुभएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ ।

by RSS | May 10
img
प्रम बिहीबारदेखि भियतनाम र कम्बोडिया भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार बिहान प्रस्थान गर्दै हुनुुहुन्छ । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ ।

by RSS | May 09
img
लुम्बिनी भ्रमण वर्षलाई सहयोग गर्ने

तनहुँको व्यास नगरपालिकाले प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ लाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भ्रमण वर्षको प्रचारप्रसारका लागि आज तनहुँको दमौली आइपुगेको टोलीलाई स्वागत गर्दै नगरपालिकाका उपप्रमुख मीरा जोशीले भ्रमण वर्षलाई सफल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

by RSS | May 08
img
काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड सो) कार्यक्रम गरिएको हो ।

by RSS | May 08
img
प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण नेपालको हितमा

राजनीतिक विश्लेषक तथा कूटनीतिक क्षेत्रका जानकारले बुद्धजयन्तीको अवसर पारेर भियतनाममा हुने वैशाख सम्मेलन तथा कम्बोडियाको प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट मुलुकहरुबीचको हितमा रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा राजन भट्टराईले यही वैशाख २६ देखि जेठ १ गतेसम्म प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल हुने जिकिर गर्नुभयो ।

by RSS | May 08
img
‘भ्रमण वर्षमा सिङ्गो प्रदेश जोडिन्छ’

प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी भ्रमणवर्षमा सिङ्गो प्रदेश जोडिने बताउनुभएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसारका क्रममा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लुम्बिनी भ्रमण वर्ष नाम भए पनि प्रदेशका सबै क्षेत्रलाई समेटिएको दाबी गर्नुभयो ।

by RSS | May 08
img
‘भ्रमण वर्षमा सिङ्गो प्रदेश जोडिन्छ’

प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी भ्रमणवर्षमा सिङ्गो प्रदेश जोडिने बताउनुभएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसारका क्रममा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लुम्बिनी भ्रमण वर्ष नाम भए पनि प्रदेशका सबै क्षेत्रलाई समेटिएको दाबी गर्नुभयो ।

by RSS | May 08
img
लुम्बिनी भ्रमण वर्षको पोखरामा निम्तो

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँः शान्तिको सन्देश फैलाऔँ’ भन्ने नारासाथ प्रदेश नं ५ को ‘उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज पोखरामा लुम्बिनी भ्रमण वर्ष’ विषयक अन्तक्र्रिया गरिएको छ ।

by RSS | May 08
img
राष्ट्रपति ल्हासामा

विशेष समाचारदाता सुरेन्द्रबहादुर नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभयो ।

by RSS | Apr 30
img
राष्ट्रपति चीन भ्रमणः तीन कार्यक्रममा सहभागी हुने

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुनुहुने भएको छ । उहाँ चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ गते नौदिने भ्रमणमा त्यहाँ प्रस्थान गर्दै हुनुहुन्छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यसअघि तत्कालीन राष्ट्रपति डा रामवरण यादवले चीनको भ्रमण गर्नुभएको थियो ।

by RSS | Apr 21
img
बेलायती रक्षा राज्यमन्त्री आउँदै

मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

by RSS | Feb 19
img
प्रधानसेनापतिले भारत भ्रमण गर्नुहुने

प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि छ दिने भारत भ्रमण गर्नुहुने भएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी

by RSS | Jan 10
img
परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग

by RSS | Dec 16
img
नेपाल र अमेरिकाबीच १७ वर्षपछि उच्चस्तरीय भ्रमण तय  

कूटनीतिक वृत्तमा चर्चा चलिरहन्छ, अमेरिकाले नेपाललाई सधैं ‘दिल्लीको आँखा’ले हेर्छ । हुन पनि १७ वर्ष भयो, परराष्ट्र मन्त्रीस्तरमा दुई देशबीच औपचारिक छलफल भएको छैन । आगामी साता भने परराष्ट्र मन्त्रीस्तरमै दुई पक्षीय सम्बन्धको समीक्षा हुने भएको छ ।

by Anu Rana | Dec 15