img
‘सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत’

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हँुदै गएको टिप्पणी गर्नुभएको छ ।

by RSS | May 15
img
भ्रष्टाचार गरेको आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाचार गरेको अभियोगमा पर्साका तीन जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार बाराको नकटुवा–२ को कित्ता नम्बर ५६ को जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गरेको र सो कार्यमा सरकारी कर्मचारीकोसमेत सहभागिता देखिएको छ ।

by RSS | May 15
img
भ्रष्टाचार नगर्न अनुसन्धान गरी चिरफार गर्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

by RSS | May 14
img
भ्रष्टाचार गर्न अनुसन्धान गरी चिरफार गर्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

by RSS | May 14
img
भ्रष्टाचारको आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर र सतबरियालगायत विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त भएको काठ हिनामिना गरेको आरोपमा साधारण उच्च माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

by RSS | May 12
img
लामाको अठोट पूरा गर्न ‘भ्रष्टाचारविरुद्ध अभियान’

नेपालको कम्युनिष्ट आन्दोलनका नेता निर्मल लामाको अठोट पूरा गर्न भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्न लागिएको निर्मल लामा स्मृति प्रतिष्ठानले जनाएको छ । लामाको १९औँ स्मृति दिवसको अवसरमा आज राजधानीमा उक्त अभियान घोषणा गरिएको हो ।

by RSS | May 12
img
भ्रष्टाचारमा मुछिए नेतालाई पनि कारवाही : नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताउनुभएको छ । प्रेस युनियन उदयपुरले आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो धारणा राख्नुभएको हो ।

by RSS | May 10
img
भ्रष्टाचारमा मुछिएका पूर्वराष्ट्रपतिले आफैंलाई हाने गोली

पेरुका पूर्व राष्ट्रपतिले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् । भ्रष्टाचारमा मुछिएका पूर्व राष्ट्रपति एलन गार्सियालाई अनुसन्धानका लागि पक्राउ गर्न प्रहरी उनको घर पुगेलगत्तै उनले आफ्नै घाँटीमा गोली हानेका हुन् ।

by Anu Rana | Apr 18
img
भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी

भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ ।

by RSS | Apr 11
img
भ्रष्टाचारको अभियोगमा पूर्वराष्ट्रपति पक्राउ

ब्राजिलका पूर्वराष्ट्रपति मिसेल टेमरलाई साओ पाउलोस्थित निजी निवासबाट पक्राउ गरिएको छ । राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

by Anu Rana | Mar 24
img
निजी क्षेत्रका भ्रष्टाचारलाई कानूनी दायरामा ल्याउनुपर्ने

राष्ट्रिय सतर्कता केन्द्रले निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य गतिविधिलाई कानूनी दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ । केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्षिक प्रतिवेदन बुझाउँदै निजी क्षेत्रमा भएका भ्रष्टाचारजन्य क्रियाकलापलाई पनि कानूनी दायरामा ल्याउन सुझाव दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निजी क्षेत्रमा ठूलो भ्रष्टाचार हुने गरेको भन्दै आफ्ना हरेक प्रतिवेदनमा निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि कानून

by RSS | Feb 06
img
राजनीतिक र कर्मचारीतन्त्रमा सबैभन्दा बढी भ्रष्टाचार

सुशासनका दृष्टिले यो वर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ । मुलुक भ्रष्टाचारको सूचाङ्कमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज यहाँ ‘भ्रष्टाचार अवधारणा सूचाङ्क’ सार्वजनिक गर्दै नेपाल गत वर्ष जस्तै ३१ अङ्क ल्याएर १८० मुलुकमध्ये १२४ औँ स्थानमा परेर सुशासनमा कुनै प्रगति हासिल

by RSS | Jan 29
img
समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु–याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिनुभयो ।

by RSS | Dec 12
img
भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो ।

by RSS | Dec 09
img
भ्रष्टाचारले बदनाम राजनीति : चर्चित भ्रष्टाचार काण्ड

काठमाडौं– पछिल्लो समय नेपालमा राजनीति र भ्रष्टाचार एकअर्काका परिपूरक जस्तै भएका छन् । भ्रष्टाचार गर्नकै लागि राजनीति गर्ने र उच्च ओहदामा पुगेपछि सम्पत्ति कमाउने होडबाजी जस्तै देखिएको छ । यो होडबाजीमा धेरै नेता कार्यकर्ता सामेल भए पनि काँग्रेसका चारजना नेताहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले र जेपी गुप्ता भ्रष्टाचारी ठहर नै भइसकेका छन् ।

by RSS | Dec 09
img
भ्रष्टाचार निवारणमा एकताबद्ध प्रयास आवश्यक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ । आयोगको पोखरा कार्यालय भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले जनताले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राख्नुभयो ।

by RSS | Oct 10
img
पप्पु कन्सट्रक्सन मालिक बाबु-छोरासहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर  

पूर्वाधार निर्माणका विभिन्न ठेक्का लिएर समयमै काम सम्पन्न नगरी अलपत्र पार्दै आएको आरोपमा पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

by Anu Rana | Oct 07
img
गरिबी निवारणमा भ्रष्टाचार: ९ जनालाई कैद

विशेष अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएको रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ कर्मचारीलाई दोषी ठहर गरेको छ ।

by Anu Rana | Sep 27
img
बजेट र कर्मचारी अभावले भ्रष्टाचारविरुद्धको काम प्रभावित

बजेट र कर्मचारी अभावका कारण भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने राष्ट्रिय सतर्कता केन्द्रको काम कारवाही प्रभावित हुने भएको छ । चालू आर्थिक वर्षमा सरकारले बजेटमा कटौती र हाल भइरहेको दरबन्दीअनुसारको कर्मचारी नदिँदा भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने कार्यक्रम सञ्चालनमा असर परेको छ । सरकारले चालू आवमा करीब रु दुई करोड ५० लाख बजेट कटौती गरेको हुनाले भ्रष्टाचार न्यूनीकरण र सुशासनसम्बन्धी कार्यक्रम

by RSS | Aug 07
img
भ्रष्टाचारमुक्त प्रभावकारी सेवा अभियान शुरु

पश्चिम नवलपरासीका सबै सरकारी कार्यालयहरुमा ‘भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिएको छ । सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाका सबै सरकारी कार्यालयमा यस्तो अभियानको थालनी गरिएको हो । सरकारी कार्यालयमा सुशासन तथा पारदर्शीता कायम गरी जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले यस्तो अभियान शुरु गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

by RSS | Jun 21

LATEST NEWS