img
बङ्गुरपालनबाट मनग्य आम्दानी

स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । मलेसियामा करीब सात वर्ष बिताएका विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर व्यवसाय थाल्नुभएको थियो । “सामान्यरूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ”

by RSS | Nov 11
img
जडीबुटी संकलनबाट व्यावसायिक बन्दै किसान

हिमाली र उच्च पहाडी जिल्लावासीले जडीबुटी संरक्षणसँगै त्यसबाट मनग्य आम्दानी लिन थालेका छन् । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत १० जिल्लाका किसानले जडीबुटीलाई आर्थिक उपार्जनको माध्यम बनाउन थालेका हु्न् । 

by RSS | Feb 11
img
न्यून लगानीमा स्वदेशमै मनग्य आम्दानी

दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका एक कृषकले चरितार्थ गर्नुभएको छ । पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी जामुनाबोटका चन्द्रकान्त आचार्यले एक वर्षमा मह र मौरीसहितको घार बिक्रीबाट रु सात लाखभन्दा बढी कमाएर सबैका लागि अनुकरणीय बन्नुभएको छ ।

by RSS | Jan 09
img
मौरीको घार र महबाट मनग्य आम्दानी

बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोल्नुभएका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेश त्यागेर उद्यममा लाग्नुभएका उहाँले व्यावसायिक सफलता हासिल गर्नुभएकोे हो । खत्रीको उद्योगमा वर्षमा ८०० भन्दा बढी मौरीका घार बन्ने गरेका छन् । 

by RSS | Jan 07
img
अदुवाको परिकारबाट मनग्य आम्दानीे

लगानी अनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँका एक किसानले मनग्य आम्दानी लिइरहनुभएको छ । हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाको विभिन्न प्रकारको अचार बनाई त्यसको बिक्रीबाट लाखौँ आम्दानी गर्नुभएको छ ।

by RSS | Jan 05

LATEST NEWS