img
कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले गरेका निर्णय परिपक्व बनाउन खोजिएकाले सार्वजनिक गर्न ढिलाइ भएको मन्त्री केसीले बताउनुभयो ।

by RSS | May 13
img
कर्णालीमा कानून र योजना आयोग गठनादेश स्वीकृत

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश कानून तथा कर्णाली प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश, २०७५’ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको गठनादेश स्वीकृत गर्ने निर्णय गरेको हो । सात सदस्यीय कर्णाली प्रदेश कानून आयोग गठन हुने सरकार प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

by RSS | Nov 20
img
आजै दिउँसो ३ बजे पुनः मन्त्रिपरिषद् बैठक बस्ने

प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन । 

by RSS | Jan 17