img
साफ महिला फुटबलमा भारत विजयी

पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ । भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् ।

by RSS | Mar 17
img
नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग–यो ।

by RSS | Feb 14
img
महिला फुटबल : नेपाल–भारत भिड्दै

भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ ।

by RSS | Feb 11
img
महिला फुटबल टोली स्वदेश फर्कदै

ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो ।

by RSS | Nov 14
img
ओलम्पिक महिला फुटबल छनोट : नेपाल र बङ्गलादेश खेल्दै

ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ ।

by RSS | Nov 13
img
साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् ।

by RSS | Oct 05
img
नेपाल म्यानमारसँग भिड्ने

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज म्यानमारसँग भिड्ने भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा नेपाल र म्यानमाबीचको खेल दिउँसो ३ः३० बजे हुनेछ । समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपालले दोस्रो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

by RSS | Sep 21
img
महिला फुटबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानमाथि गोलको वर्षा

by RSS | Aug 13

LATEST NEWS