img
मृत अवस्थामा महिला फेला

दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खाना खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताउनुभयो । मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

by RSS | May 21
img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

by RSS | May 21
img
वादी महिलाको दैनिकी फेरियो

‘‘ए शान्ति छिटो आऊ ल, आज त छलफल समयमै शुरु गर्नुपर्छ भनेर फटाफट हिँड्नुभयो,” टीकापुर सूर्यपुरस्थित वादी समुदायकी अगुवा रेखा वादी । वादी समुदायका महिलाको बचत समूहको छलफलका लागि उहाँलाई यो हतार भएको हो । विगतमा यौन पेशालाई आम्दानीको स्रोत मान्ने वादी समुदायका महिलाको दैनिकी फेरिएको छ ।

by RSS | May 16
img
एकल महिलालाई घर हस्तान्तरण

सडक दुर्घटनामा श्रीमान् गुमाएकी पूर्वी नवलपरासी कावासोतीकी एक महिलालाई विभिन्न चन्दादाताको सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । विसं २०७४ मङ्सिर ६ गते सडक दुर्घटनामा ज्यान गुमाएका रोशनबहादुर ठाडामगरका श्रीमती देवकी ठाडामगरको आर्थिक अवस्था कमजोर भएका कारण कालिका नारी विकास मञ्चको सक्रियतामा समाजसेवी विष्णुकुमार कार्की, कर्णेल धनबहादुर मास्की रानाले नयाँ घर निर्माण गरी हस्तान्तरण गर्नु भएको हो ।

by RSS | May 15
img
एकल महिलाको सशक्तीकरण आवश्यक

अठ्ठाइस वर्षको उमेरमा पति गुमाउनुपर्दाको पीडा भोगिरहेकी हुमा डिसीको काँधमा दुई छोरी र एक छोरा हुर्काउने जिम्मेवारी आइपरेको थियो । त्यही जिम्मेवारीलाई बहन गर्ने क्रममा उनी एउटा सहकारी संस्थामा बचत उठाउन थाल्नुभयो । विस्तारै उनले एकल महिलाको हकअधिकारका लागि ठाउँ ठाउँमा चेतना फैलाउने कार्यमा पनि संलग्न हुँदै गयो ।

by RSS | May 13
img
मुक्त हलियाका महिला व्यावसायिक बन्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की भागरथी लुहारले सिलाइ कटाइको तालीम लिएपछि यसैलाई व्यावसायिक पेशा अँगाल्ने योजना बनाउनुभएको छ । परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन उहाँले तालीमपश्चात् निःशुल्करूपमा पाउनुभएको सिलाइ मेसिन पाएपछि यसैलाई पेशा बनाउने योजना बनाउनुभएको हो । भारतमा होटेलमा काम गर्ने श्रीमान्को कमाइले उहाँको पारिवारिक खर्च मुस्किलले चल्ने गरेको छ ।

by RSS | May 13
img
परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो–२

के हो भिजिटिङ सर्भिस प्रोभाइडर्स लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेष गरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालीमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पु¥याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ । बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिआइडी)को आर्थिक सहयोग र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को प्राविधक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ यो कार्यक्रम कार्यान्वयन गरिराखेको छ ।

by RSS | May 10
img
भारतबाट २३ महिलाको उद्दार

भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ ।

by RSS | May 10
img
महिलाको समान सहभागिताले मात्र राष्ट्र समृद्ध हुन्छ : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको सम्पूर्ण अङ्गमा महिलाको समान सहभागिता भएपछि मात्र राष्ट्र समृद्ध हुने धारणा व्यक्त गर्नुभएको छ । उहाँले आधा आकाश ढाकेका महिलालाई राज्यको मूल प्रवाहबाट वञ्चित गरेर राष्ट्र समृद्ध हुन नसकिने प्रस्ट पार्नुभयो ।

by RSS | May 10
img
सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा

पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत बनाउने प्रयास गरेको हो ।

by RSS | May 10
img
सीप सिक्ने काममा थारू महिला अगाडि

सीपमूलक कार्यमा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । सिलाइकटाइ, बुनाइ, पेन्टिङ, शृङ्गार, प्लम्बिङ, इलेक्ट्रिकल, कुकिङ, च्याउखेतीलगायत व्यवसाय गरेर आयआर्जन हुने सीपमूलक कार्यमा थारू समुदायका महिला बढी देखिने गरेका छन् । सीपमूलक तालीम या अन्य प्राविधिक शिक्षामा पनि थारू महिलाको आकर्षण बढेको देखिन्छ ।

by RSS | May 09
img
महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्यस्वयंसेविकालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसकै अवस्थामा पनि महिला स्वास्थ्य स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्याङ्कन गर्दै अझ बढी काम गर्नै हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका १५ वटै वडाका १४९ स्वास्थ्य स्वयंसेविकालाई भत्ता दिइएको नगर उपप्रमख लिशा नकर्मीले बताउनुभयो ।

by RSS | May 09
img
अभद्र व्यवहार गर्ने महिला पक्राउ

बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो ।

by RSS | May 09
img
महिला उद्यमीको ‘कोसेली घर’

बाँके जिल्लाका महिला उद्यमीको संयुक्त पहलमा नेपालगञ्जमा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा महिला उद्यमी सङ्घ बाँकेमा आबद्ध महिला उद्यमीले कोसेली घर सञ्चालनमा ल्याएका हुन् । यहाँस्थित बिपी चोक नजिकै सञ्चालनमा ल्याइएको सो कोेसेली घरमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला, वस्तुकलाका साथै खाद्य वस्तु बिक्रीमा राखिएका छन् ।

by RSS | May 08
img
महिला उद्यमीको ‘कोसेली घर’

बाँके जिल्लाका महिला उद्यमीको संयुक्त पहलमा नेपालगञ्जमा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा महिला उद्यमी सङ्घ बाँकेमा आबद्ध महिला उद्यमीले कोसेली घर सञ्चालनमा ल्याएका हुन् । यहाँस्थित बिपी चोक नजिकै सञ्चालनमा ल्याइएको सो कोेसेली घरमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला, वस्तुकलाका साथै खाद्य वस्तु बिक्रीमा राखिएका छन् ।

by RSS | May 08
img
बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिनुभयो ।

by RSS | May 08
img
महिलाप्रतिको दृष्टिकोण सुधारौँँ

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले महिला हिंसा अन्त्यका लागि समाजले महिलाप्रतिको दृष्टिकोण सुधार्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकार संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जवाफदेहिता’ विषयक कार्यक्रम शुभारम्भ गर्दै उहाँले महिला हिंसा न्यूनीकरणका सामाजिक क्रियाकलामा सुधार गर्न सामूहिक प्रयास आवश्यक भएको बताउनुभयो ।

by RSS | May 07
img
महिलामाथि हुने हिंसा बढ्दै

पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमबार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता तथा सोचका कारण पुरुषमा हुने हिंसाभन्दा पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दो रहेको बताउनुभयो ।

by RSS | May 07
img
काङ्ग्रेसले सच्यायो परिपत्र, महिलावक्ता अनिवार्य गर्न निर्देशन

नेपाली काङ्ग्रेसले जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । काङ्ग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो।

by RSS | May 06
img
महिला वडाध्यक्षहरु सुशासनमा अब्बल

झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उहाँहरुको गुनासो पनि छ । पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् ।

by RSS | May 05

LATEST NEWS